Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम। मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मन्त्री भएका चार जनाले राजीनामा दिएका छन्। एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाज कल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिएका हुन्। चारै जना मन्त्रीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए। मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनको सरकार छ। यता एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

एनपीएललाई आईसीसीको औपचारिक मान्यता
ताजा खबरJust now

एनपीएललाई आईसीसीको औपचारिक मान्यता

नेपाल क्रिकेट संघद्वारा २६ अक्टोबरदेखि २१ नोभेम्बर २०२६ सम्म आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी)ले औपचारिक रुपमा मान्यता दिएको हो । ...

कान्तिपुर
राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट
ताजा खबरJust now

राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन् । महासचिव सरवार आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन् । उनी बङ्गलादेशका कूटनीतिज्ञ हुन् । ...

केन्द्रबिन्दु
भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति
ताजा खबरJust now

भोटेकोशी बाढीबाट ३५ अर्ब ४४ करोडको जग्गाजमिनमा क्षति

राष्ट्रिय योजना आयोगका अनुसार बाढीबाट लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ, भण्डारण गरिएको खाद्यान्नमा १० करोड ४१ लाख रुपैयाँ तथा पशुपन्छी र माछापालनमा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । ...

कान्तिपुर
भोटेकोशी बाढीबाट २,९८९ भवन पूर्ण क्षति, ३,१९४ पुनः प्रयोग गर्न नसकिने
ताजा खबरJust now

भोटेकोशी बाढीबाट २,९८९ भवन पूर्ण क्षति, ३,१९४ पुनः प्रयोग गर्न नसकिने

राष्ट्रिय योजना आयोगले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक सर्वेक्षण विवरणअनुसार ३ हजार १९४ भवन संरचना पुनः प्रयोग गर्नै नसकिने अवस्थामा छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play