मधेसमा विकृति बन्दै मृत्यु भोज

सप्तरी । मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत बन्दै गएको छ । मृत्युु भोज मधेसको परम्परा र संस्कृति भएकाले घरमा कसैको मृत्युु भएपछि मान्छे गुमाएको पीडाभन्दा पनि भोजकै चिन्ता, भोज गर्नुपर्ने बाध्यता रहँदै आएको छ । घरमा कसैको मृत्युु भएपछि रितिरिवाजअनुसार गर्नुपर्ने क्रियाकर्मको तयारीसँगै मृत्युु भोजको तयारीमा घरमुली जुट्नुपर्ने बाध्यता छ । जात र समुदायअनुसार मृत्युु भएको १३ दिनको अवधिभित्र तीनदेखि पाँच पटक भोज गर्नुपर्ने बाध्यता अहिले पनि यथावत छ । कतिपयले नाम, सान र प्रतिस्पर्धामा ठूलोभन्दा ठूलो भोज गर्दै आएका छन् । भोज परम्परा संस्कृति र रितिरिवाज मात्रै नभए हाम्रो संस्कार हो भन्ने बुझाइ अधिकांशमा छ । अन्नदान गर्नु पुण्यको काम हो । यसले आफन्त र परिवारलाई जोड्ने काम गर्छ । तर ऋण लिएर बाध्यताले भोज गर्नु संस्कृतिको नाममा विकृति भएको पूर्वशिक्षामन्त्री रेणु यादवले बताए । उनले भने, “मृत्युुमा अनिवार्य भोज गर्नुपर्ने प्रथाको न्यूनीकरण मात्र नभएर अन्त्य गर्नुपर्ने आवश्यकता छ । समाजले जबरजस्त लाधेको परम्परा भएकाले यस प्रथाको न्यूनीकरणका लागि हामी एकजुट भएर लाग्नुपर्ने आवश्यक छ । भोज संस्कार र बाध्यताले नभएर स्वेच्छाले हुनुपर्ने जरुरी रहेको उनले बताए । मधेसमा बढी जनसङ्ख्या रहेको यादव समुदायले २५÷५० गाउँको एकै पटक सभा भोज गर्ने चलन छ । मृत्यु भोजको नाममा हुने आडम्बरी सभा भोजलाई प्रोत्साहन गर्नु दुःखद रहेको आमसञ्चार प्राधिकरण मधेस प्रदेशका पूर्वअध्यक्ष श्यामसुन्दर यादवले बताए । उनले भने, “मृत्युु भोजलाई प्रोत्साहन गर्नुभन्दा हतोत्साही गर्नुपर्ने आवश्यकता छ ।” एउटा भोजमा ५० हजारसम्मको स्वजाति आफन्तले भोज खाने गरेका पाइन्छ । भोजमा हुने खर्चले एक परिवारको १० वर्षभन्दा माथि जीवन चल्न सक्छ । भोजमा गरिने खर्च विपन्नको जीविकोपार्जन र शिक्षामा लगानी गर्न सके सकारात्मक सन्देशसँगै संक्षम र शिक्षित समाज निर्माणमा सहयोग पुग्ने उनले बताए । राजविराज नगरपालिका–१ कि दुर्गादेवी रजकले सासु बित्दा भोज गर्न सक्दिनभन्दा समाजले भोज गर्नैपर्छ भन्दै कर लगायो । त्यसपछि भोज गर्नको लागि तीन लाख ऋण लिनुभर्ने बाध्यता भयो । त्यो ऋणको ब्याज जसोतसो तिरेपनि ऋण अहिलेसम्म तिर्न सकेकी छैनन् । दुर्गा त ऋण लिएर भोज गर्ने प्रतिनिधि पात्र मात्र हुन मधेसका यस्ता सयौँ परिवारले मृत्युु भोज गर्नुपर्ने बाध्यताले अहिले ऋण लिएर भोज गर्ने र वर्षौसम्म ऋणमा अल्झिने प्रवृत्ति अझै कायम रहेको नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले बताए । भोजको नाममा ऋणको भारी बोक्ने काम कसैले गर्नु आवश्यक छैन ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

‘अर्नब’ चक्रवात ‘अति शक्तिशाली’ हुने सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको ८ बुँदे सुझाव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्नब’ चक्रवात अति शक्तिशाली हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागबाट आज जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना छ। प्राधिकरणका अनुसा... ...

ठूलो पर्दामा एनपीएल हेर्न विराटनगरको पुरानो गुद्रीमा क्रिकेटप्रेमीको भीड (फोटो फिचर)
विराटनगर। विराटनगरको पुरानो गुद्रीस्थित खाली मैदानमा ठूलो पर्दामार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण हेर्न क्रिकेटप्रेमीको भीड लागेको छ। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत सोमबारदेखि सुरु भएको खेल हेर्न सर्वसाधारण मैदानमा भेला भएका हुन्। उद्घाटन खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको प्रत्यक्ष प्रसारण ठूलो पर्दामा हेर्न पुगेका दर्शकले सामूहिक रूपमा खेलको आनन्द लिइरहेका छन्। क्रिकेटप्रेमीलाई सार्वजनिक ...

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
पाेखरा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र... ...

गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते
गुल्मी– गुल्मीको कालीगण्डकी गाउँपालिका- २ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका- २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका- १० का ६० वर्षीय ...


