Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मधेशको दशैँमा मौलिक पूजापरम्परा कायमै, तडकभडक र खर्च बढेकोमा चिन्ता

मधेशको दशैँमा मौलिक पूजापरम्परा कायमै, तडकभडक र खर्च बढेकोमा चिन्ता

10/20/2026, 6:14:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेशको दशैँमा मौलिक पूजापरम्परा कायमै, तडकभडक र खर्च बढेकोमा चिन्ता

मधेश प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि भ्रमरले पछिल्ला वर्षहरुमा मधेसको दशैं खर्चिलो र भड्किलो बन्दै गैइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । मैथिलीका प्रसिद्ध साहित्यकार तथा संस्कृतिविज्ञ प्राज्ञ भ्रमरले नेपाल न्यूज बैंकसँग कुरा गर्दै पूजापद्धति भन्दा फरक प्रक्रियाहरु अपनाइँदा दशैंमा विकृति समेत निम्तिएकोे बताए । उनले भने, ‘ अब यो पूजा पद्धतिको कुरा मैले मात्रै गरेँ । अब यसमा पहिले त सामान्य रूपमा मैले भने नि मन्दिरमा गएर पूजा गरिन्थ्यो, अथवा गाउँमै मूर्ति बनाएर पूजा गरिन्थ्यो, सामान्य हुन्थ्यो, अलि नाचगान हुन्थ्यो, अहिले त होडबाजी भइसकेको छ । रङ्गीचङ्गी बढी भयो ।’ यसैरगी उनले मधेश प्रदेशमा मनाइने दशैँ र देशका अन्य भूभागमा मनाइने दशैँको मूल उद्देश्य एउटै भए पनि पूजापद्धति, परम्परा र धार्मिक विधिविधानमा केही भिन्नता रहेको भ्रमरको भनाई छ । उनका अनुसार दशैँमा देवी दुर्गाको पूजा–आराधना गर्ने परम्परा सबै ठाउँमा समान भए पनि स्थानीय संस्कृति, धार्मिक विश्वास र पुस्तौँदेखि चलिआएका परम्पराका कारण पूजाविधिमा विविधता देखिन्छ । विशेषगरी मिथिलाञ्चलमा दुर्गापूजा विभिन्न मौलिक विधि र परम्पराअनुसार मनाइने उनले बताए । मधेशमा दशैँ मनाउने दुई प्रमुख परम्परा रहेको उल्लेख गर्दै भ्रमरले ग्रामीण क्षेत्रमा माटोको दुर्गा मूर्ति बनाएर पण्डित–पुरोहितबाट विधिपूर्वक पूजा गर्ने चलन रहेको बताए । त्यसैगरी विभिन्न स्थानमा स्थापित राजदेवी तथा दुर्गा मन्दिरहरूमा पनि आ–आफ्नै परम्परा र विधिअनुसार पूजाआराधना हुँदै आएको उनको भनाइ छ । ‘पूजा गर्नैपर्ने एउटै विधि हुन्छ भन्ने होइन । विभिन्न ठाउँमा परम्परागत रूपमा फरक–फरक पूजा प्रणाली प्रचलनमा छन्,’ उनले भने । बेल निमन्त्रणदेखि दुर्गापूजासम्मको परम्परा मिथिलाञ्चलको दुर्गापूजामा बेलको विशेष धार्मिक महत्त्व रहेको भ्रमरले बताए । यहाँ बेलको रूखलाई निमन्त्रणा दिने र त्यसपछि बेल ल्याएर दुर्गास्थानमा स्थापना गर्ने परम्परा छ । यसलाई स्थानीय भाषामा ‘बेल न्योती’ भन्ने गरिन्छ । नेपाल न्यूज बैंकसँगको कुरामा उनी भन्छन् ‘दुर्गा पूजामा हामीकहाँ बेल हुन्छ नि त्यसलाई ’बेल न्योती’ भन्छन् त्यसलाई के। बेलको रुखमा त्यो न्योत्ने÷न्योता गर्ने र त्यहाँबाट तोडेर दुर्गा स्थान जहाँ दुर्गा मन्दिर हुन्छ, त्यहाँ राख्ने परम्परा छ । त्यो एउटा प्रतीकात्मक हो । किनभने बेल शिवजीको प्रतीक मानिन्छ । त्यहाँको रुख बेलपत्र जुन हामी भन्छौँ, शिवजीलाई पूजा गर्ने परम्पराको अनुसारबाट हुन्छ।’ बेललाई भगवान् शिवसँग जोडेर हेरिने धार्मिक मान्यता रहेको उल्लेख गर्दै उनले बेल ल्याउने परम्परालाई दुर्गापूजाको प्रतीकात्मक विधिका रूपमा व्याख्या गरे । बेल दुर्गास्थानमा ल्याएर स्थापित गरेपछि पूजाका थप विधिविधान अघि बढाइने उनले बताए । त्यसैगरी विभिन्न स्थानमा बलि दिने विधिमा पनि भिन्नता रहेको उनको भनाइ छ । मन्दिरमा गरिने पूजाबाहेक ग्रामीण क्षेत्रमा घरमै दुर्गाको प्रतीक स्थापना गरेर पूजा गर्ने परम्परासमेत रहेको उनले बताए। मिथिलाञ्चलमा प्रचलित यस्ता विविध परम्पराले यहाँको धार्मिक तथा सांस्कृतिक मौलिकता झल्काउने भ्रमरको भनाइ छ । उनका अनुसार पूजाको विधि फरक भए पनि देवी दुर्गाप्रतिको श्रद्धा, भक्ति र सम्मान नै दशैँको मूल पक्ष हो । दशैँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई जोगाउँदै स्थानीय परम्पराको निरन्तरता कायम राख्नु आवश्यक रहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड
OthersJust now

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड

सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ । ...

अनलाइन खबर
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
OthersJust now

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ । यसैबीच होटल तथा ...

पर्दाफास
दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा
OthersJust now

दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा

सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप ...

पर्दाफास
झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
OthersJust now

झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो । प्रातकालीन पदयात्रामा रहेको अवस्थामा बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए । घाइते खातुनलाई उपचारका लागि अस्पताल ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play