Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

मकवानपुर इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी

Share:WhatsAppFacebookX (Twitter)Telegram
मकवानपुर इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी
Photo / Coverage: नेपालन्युज

हेटौंडा।इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी रहेको छ। मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेका यात्रुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। छठ मनाउन काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान करिब ६ः०० बजे दुर्घटनामा परेको हो। आज बिहान भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादवका अनुसार उनीहरू छठ मनाउन गाउँ फर्किने क्रममा थिए। काठमाडौंको टीकाथलीबाट गाडी बुक गरी सर्लाहीतर्फ आउँदै गर्दा दुर्घटना भएको उनले बताए। हेटौंडा अस्पतालमा उपचाररत यादवले राति करिब २ः०० बजे टीकाथलीबाट यात्रा सुरु गरेको जानकारी दिए।उनका अनुसार गाडीमा आफूसहित करिब १४ जना सवार थिए। यात्रु अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त हुन्। आफ्नो परिवारका सदस्य भने गाडीमा नरहेको तर गाउँका छिमेकी र उनीहरूका आफन्तसँगै यात्रा गरिरहेको यादवले बताए। छठ पर्व मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेपछि उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका छन्। घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन्। घाइते पाँचै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये मुकेश यादवसँगै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ। मुकेशको टाउको र ढाडमा तथा सक्षमको शरीरमा भित्री चोट लागेको छ। दुवैको अवस्था सामान्य रहेको र टाउको तथा मुखमा चोट लागेका सुदनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए। यसैबीच, दुर्घटनास्थलमा खोजतलास तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताए। उनका अनुसार दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोजतलास भइरहेको छ। दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो। तत्पश्चात प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली परिचालन गरिएको थियो। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ। भिरालो क्षेत्रमा दुर्घटना भएकाले सुरक्षाकर्मीले घटनास्थलमा खोजतलास जारी राखेका छन्। मृतकको पहिचान खुल्ने क्रम बाँकी रहेको एवं दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१० जनाको ज्यान जाने गरी भएको भीमफेदी इभी दुर्घटनाका चालकको पहिचान खुल्यो
Latest NewsJust now

१० जनाको ज्यान जाने गरी भएको भीमफेदी इभी दुर्घटनाका चालकको पहिचान खुल्यो

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ । इभी चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार, उक्त दुर्घटनामा १० जनाको मृत्यु हुनका साथै छ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला ...

फरकधार
भीमफेदी दुर्घटनाका घाइते भन्छन्- ‘माथि नै उछिट्टिएकाले बाँचेँ’
Latest NewsJust now

भीमफेदी दुर्घटनाका घाइते भन्छन्- ‘माथि नै उछिट्टिएकाले बाँचेँ’

घाइते सञ्जय यादवका अनुसार चालकले गाडी अगाडि बढाउने क्रममा एकैचोटि हुत्तिएर भीरबाट खसेको थियो । चालक निदाएकै कारण गाडी दुर्घटना भएको हुन सक्ने उनको अनुमान छ । ...

कान्तिपुर
हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान
Latest NewsJust now

हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

तेहरान । इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन् । अल जजिरासँगको अन्तर्वार्तामा उनले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको बताए । प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी ...

केन्द्रबिन्दु
छठ नजिकिएसँगै बाँसका सामग्रीको व्यापार बढ्यो
Latest NewsJust now

छठ नजिकिएसँगै बाँसका सामग्रीको व्यापार बढ्यो

बाबुराम कार्कीसुनसरी, कात्तिक २६ गते । छठ पर्व नजिकिएसँगै सुनसरीका बजारमा छठ पूजाका सामग्रीको किनबेच बढेको छ । छठ पूजामा प्रयोग हुने बाँसबाट बनेका कुनिया, ढक्की र नरिवल, उखु, भोगटे... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play