Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
हर्मुजको पुरानो व्यवस्था नमान्ने इरानको अडान
Photo / Coverage: केन्द्रबिन्दु

तेहरान । इरानले अमेरिका र इजरायलसँगको युद्धपछि हर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन् । अल जजिरासँगको अन्तर्वार्तामा उनले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको बताए । प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउने, रोक्का रकम फुकुवा गर्ने, सबै मोर्चामा शत्रुता अन्त्य गर्ने र युद्ध समाप्त भएको औपचारिक घोषणा गर्नुपर्ने सर्त छन् । गालिबफले हर्मुज जलघाँटीको व्यवस्थापन तटीय मुलुकहरूको अधिकार क्षेत्रभित्र पर्ने दाबी गर्दै त्यसको नियम इरान र ओमानले निर्धारण गर्नुपर्ने बताए । अमेरिकाले सहमति पालना गरे इरान सम्झौताका लागि तयार रहेको उनको भनाइ छ । तर दुई देशबीच विश्वासको अभाव वार्ताको प्रमुख बाधक रहेको उनले उल्लेख गरे । उनले रुसको सम्भावित मध्यस्थताबारे पनि चर्चा गर्दै अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई इरानसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेको दाबी गरे । अमेरिकाले पुनः आक्रमण गरे राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को पराजय बेहोर्नुपर्ने चेतावनीसमेत उनले दिए । गालिबफले युद्धपछिको कुनै पनि सम्झौतामा हर्मुज जलघाँटीको नयाँ व्यवस्थापन प्रमुख विषय हुने सङ्केत गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पटका मनोरञ्जन कि अभिशाप ?
Latest NewsJust now

पटका मनोरञ्जन कि अभिशाप ?

काठमाडौं । वर्षभरि प्रतीक्षा गरेर कुरेको तिहार आयो, उज्यालो ल्यायो । घरघरमा झिलिमिली बत्ती बले, ढोकाढोकामा सयपत्री र मखमलीका माला सजिए । गाउँ–सहरभरि फूलको बासना फैलिएको छ । बालबालिकादेखि वृद्धसम्म सबैको अनुहारमा खुसी छ । नेपालीको दोस्रो ठूलो पर्व तिहार केबल एउटा चाड मात्र होइन, यो हाम्रो संस्कृति, सभ्यता र मानवताको जीवन्त प्रतिविम्ब हो । यस वर्षको तिहार हामीबाट बिदा ...

केन्द्रबिन्दु
नायब सुब्बाको रिक्त पदपूर्तिअघि फाजिल कर्मचारीको व्यवस्थापन गर्न निर्देशन
Latest NewsJust now

नायब सुब्बाको रिक्त पदपूर्तिअघि फाजिल कर्मचारीको व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ, कत्तिक २६ गते । भूमी व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फाजिलमा परेका कर्मचारीमार्फत रिक्त पदपूर्ति हुन नसक्ने अवस्था मात्र पदपूर्तिका लागि ल... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play