मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ । इभी चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार, उक्त दुर्घटनामा १० जनाको मृत्यु हुनका साथै छ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । दुर्घटनाका घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंब...
१० जनाको ज्यान जाने गरी भएको भीमफेदी इभी दुर्घटनाका चालकको पहिचान खुल्यो

Read Complete Original Article
Published originally on फरकधार




