काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट घटेर मंसिरमा ३.९०६ प्रतिशत कायम भएको छ । यसअनुसार औसत ब्याजदर ०.१०७ प्रतिशत विन्दुले घटेको हो ।

मंसिरमा सबैभन्दा धेरै ब्याजदर घटाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशतमा झारेको छ । यो १ प्रतिशत विन्दुको कमी हो ।

त्यस्तै, कृषि विकास बैंकले ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ । एनएमबी बैंकले ४.५ प्रतिशतबाट ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट ३.७५ प्रतिशत र कुमारी बैंकले ३.७ प्रतिशतबाट ३.६१ प्रतिशतमा झारेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ३.७ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ ।

मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५ प्रतिशत ब्याजदर सानिमा बैंकले दिने भएको छ । त्यसपछि नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर दिनेछ । एनएमबी र प्रभु बैंकले ४.२५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, नेपाल बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकले पनि ४ प्रतिशत वा सोभन्दा बढी ब्याजदर दिने भएका छन् । १४ बैंकले भने कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

मंसिरमा पनि घट्यो बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर, कुन बैंकले कति दिँदैछन् ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज