भौगोलिक सीमा नाघेर आक्रमण गर्न खामेनीको आदेश

तेहरान । इरानका सर्बोच्च नेता अयोतोल्लाह मोज्तबा खामेनीले शत्रु पक्षले गर्ने कुनै पनि आक्रमणविरुद्ध कडा प्रत्याक्रमण गर्न इरानी सेनालाई आदेश दिएका छन् । उनले इरानको आक्रमण कुनै पनि भूगोलमा सिमित हुन नहुने बताए । यसअघि इरानले पश्चिम एशियाली देशहरुमा मात्रै प्रत्याक्रमण गर्ने गरेको थियो । तर, खामेनीले अमेरिका वा कुनै पनि शत्रु राष्ट्रले आक्रमण गर्दा भौगोलिक रुपमा सिमित नभई शक्तिशाली प्रत्याक्रमण गर्न आदेश दिए । इरानी सञ्चारमाध्यम ‘इर्ना’ का अनुसार, वरिष्ठ सैन्य कमाण्डरहरूसँगको भेटघाटमा खामेनीले यस्तो आदेश दिएका हुन् । ‘यदि शत्रुहरूले फेरि एकपटक सैन्य वा आतंकवादी आक्रमण गर्ने दुसाहास गरे भने उनीहरूको अन्त्यको समय र परिस्थिति इस्लामिक गणतन्त्रका सशस्त्र बलहरू र इरानी जनताले नै निर्धारण गर्नेछन्,’ खामेनीले चेतावनी दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मध्यावधि चुनावपछि इरानमा आक्रमण गर्नसक्ने संकेत गरेका थिए । यसका लागि अमेरिकाले ठूलो संख्यामा जलसेनालाई पश्चिम एशियामा परिचालित गर्दैछ । अमेरिकाले आफ्ना पश्चिम एशियाली सहयोगी देशहरुलाई पनि इरानबाट हुनसक्ने सम्भावित प्रत्याक्रमणको तयारी गर्न आग्रह गरेको छ । अमेरिकी सञ्चारमाध्यम एमएस नाऊको रिपोर्टअनुसार ४ नोभेम्बरदेखि नै इरानसँगको युद्धका लागि तयार अवस्थामा रहन पश्चिम एशियाली देशहरुलाई आग्रह गरिएको छ । अमेरिकामा ३ नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ । एमएस नाऊले कुराकानी गरेका खाडी राष्ट्रका तीन वरिष्ठ अधिकारीहरुका अनुसार अमेरिकाले आगामी आक्रमण निकै तिव्र हुने र छोटो समयमात्रै चल्ने जानकारी गराएको छ । तर खाडी राष्ट्रहरु नयाँ चरणको युद्धलाई लिएर त्रसित देखिएका छन् । युद्ध सुरु भएपछि इरानले आफ्ना देशमा रहेका पूर्वाधारहरुमा प्रत्याक्रमण गर्नसक्ने भय उनीहरुलाई छ । २८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि नै इरानले पश्चिम एशियाली देशहरुलाई निशाना बनाउँदै आएको छ । एक अधिकारीले एमएस नाऊसँग भनेका छन्, ‘कुनै खाडी राष्ट्रले आफ्नो देशमा रहेको अमेरिकी सैन्य अखडा अमेरिकालाई प्रयोग गर्न नदिएमा पनि हामी अचम्मित हुनेछैनौं । किनकि, इरानको प्रत्याक्रमणलाई लिएर उनीहरु चिन्तित छन् ।’
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे आज विशेष सम्बोधन गर्ने भएका छन्। १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदबहाली गरेपछि पहिलो पटक पत्रकार सम्मेलनमार्फत उनले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय स्रोतका अनुसार ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे सम्बोधन कार्यक्रम तय गरिएको छ। सम्बोधन गर्नुअघि ...

बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास हुँदै
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा फेरि नयाँ चक्रवात विकास भइरहेको छ। तर अहिलेसम्मको मौसम विश्लेषणअनुसार त्यसले नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन। यद्यपि नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जार... ...

कालीमाटीमा सबैजसो तरकारीको भाउ बढ्दा च्याउको घट्यो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज काउली, गोलभेँडा, गाँजर, मुला, बन्दा, भन्टा, करेला, सागसहित सबैजसो तरकारीको भाउ बढेको छ। तर च्याउसहितका तरकारी भने सस्तिएको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो थ... ...



