Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
Photo / Coverage: पर्दाफास

भोलि सोमबारदेखि देशभरका सरकारी कार्यालयमा जाडोयामको समयतालिका लागू हुने भएको छ। कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र अपराह्न ४ बजे बन्द हुनेछन्। नेपाल राजपत्रमा यसअघि प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायमा जाडोयामको कार्यालय समय लागू हुनेछ। नयाँ समयतालिका अनुसार यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका कार्यालय अब अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। यससँगै दैनिक कार्यालय समय एक घण्टा घट्नेछ। यो व्यवस्था शैक्षिक संस्थाबाहेकका सम्बन्धित सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ। सरकारले हरेक वर्ष जाडोयाममा कार्यालय सञ्चालनको समय समायोजन गर्दै आएको छ। सोही व्यवस्था अनुसार यस वर्ष पनि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म परिवर्तित समयतालिका कायम रहनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अदालतमा उपस्थित भइनन् नोरा, न्यायाधीशले भने,  ‘यो रवैया ठीक भएन’
OthersJust now

अदालतमा उपस्थित भइनन् नोरा, न्यायाधीशले भने, ‘यो रवैया ठीक भएन’

बलिउड अभिनेत्री नोरा फतेहीलाई दिल्लीको अदालतले कडा चेतावनी दिएको छ । ठग सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारुको ठगी प्रकरणमा साक्षीका रूपमा बयान दिन बोलाइएकी नोरा अदालतमा उपस्थित नभएपछि न्यायाधीशले उनको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन् । सोमबार दिल्लीको राउज एभेन्यु अदालतमा उपस्थित हुनुपर्ने भए पनि नोरा पुगिनन्। बरु उनका वकिलले व्यक्तिगत उपस्थितिबाट छुट दिन माग… ...

अनलाइन खबर
एनपीएल : कर्णालीको अपराजित यात्रामा ब्रेक
OthersJust now

एनपीएल : कर्णालीको अपराजित यात्रामा ब्रेक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो । दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा राशिद खानले ५० र कप्तान ...

पर्दाफास
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कारबाही तीव्र, १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद
OthersJust now

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कारबाही तीव्र, १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

काठमाण्डु– सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकार बनेदेखि हालसम्म (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२) सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ […] ...

काठमाण्डुपाटी
प्रक्रिया पूरा गर्दा पनि धितोपत्र बोर्डले किन रोकिरहेको छ आईपीओ ?
OthersJust now

प्रक्रिया पूरा गर्दा पनि धितोपत्र बोर्डले किन रोकिरहेको छ आईपीओ ?

वैशाख २ गतेयता हालसम्म त्यही एउटा कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति पाएको छ । जबकि आईपीओ निष्कासनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका कम्पनी संख्या ११७ पुगिसकेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play