Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बिच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बिच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड
Photo / Coverage: टक्सार

काठमाडौँ। नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबिच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो । भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै लामो समयदेखिको सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए । सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसकेको उनको भनाइ थियो । उनले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबिच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बिटुबी), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए । अग्रवालले नेपाली चिया, ठूलो अलैँची, अदुवा, जडीबुटी, आवश्यक तेल तथा प्रशोधित कृषि उत्पादन पाकिस्तान निर्यात गर्न सकिने सम्भावना औँल्याए। नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ, प्रमाणीकरण र नियमित आपूर्ति सुनिश्चित गर्न सके पाकिस्तानी बजारमा राम्रो सम्भावना रहेको उनले बताए । त्यसैगरी पाकिस्तानको औषधि उत्पादन तथा कपडा उद्योगसम्बन्धी अनुभवबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै औषधि, स्वास्थ्य उपकरण, स्वास्थ्य सेवा, प्राविधिक तालिम, अनुसन्धान तथा संयुक्त लगानीका क्षेत्रमा सहकार्य गर्न सकिने धारणा राखे । उनले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सेवा, स्टार्टअप, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई नेपाल–पाकिस्तान आर्थिक सहकार्यका महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरे । विशेषगरी सूचना प्रविधि र पर्यटनमा भौगोलिक दूरीले ठूलो अवरोध सिर्जना नगर्ने भएकाले यी क्षेत्रमा तत्काल सहकार्य अघि बढाउन सकिने उनको भनाइ थियो । राजदूत खानले नेपालसँगको सम्बन्धलाई पाकिस्तानले विशेष महत्व दिएको उल्लेख गर्दै दुवै देशबिच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध भए पनि आर्थिक सम्बन्ध अपेक्षाअनुसार विस्तार हुन नसकेको बताए। नेपालसँग आर्थिक सम्बन्ध पुनः जोड्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनको भनाइ थियो । उनले नेपाल र पाकिस्तान दुवै देशमा युवा जनशक्तिको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ पुस्ताको सोच, प्रविधि र उद्यमशीलतालाई आर्थिक सहकार्यमा जोड्नुपर्ने बताए। बदलिँदो विश्व अर्थतन्त्रमा भौगोलिक दूरीभन्दा आर्थिक कूटनीति, डिजिटल प्रविधि र प्रभावकारी सम्पर्क सञ्जाल महत्वपूर्ण हुने उनको धारणा थियो । भेटका क्रममा राजदूत खानले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट रसुवा र आसपासका क्षेत्रमा भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्स, नेपाली व्यवसायी तथा प्रभावित समुदायप्रति पाकिस्तान सरकार र जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गरे । भेटवार्तामा नेपाल–पाकिस्तानबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि, कृषि, औषधि उद्योग, हवाई तथा स्थल सम्पर्क विस्तारलगायत विषयमा सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल
Latest NewsJust now

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

झापा । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएकी छन्। जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका... ...

रातोपाटी
उदयपुरमा सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद
Latest NewsJust now

उदयपुरमा सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद

उदयपुर। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडक खण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरो तथा नं. ४ गण सुनसरी र नं. ५ गण ...

नेपालन्युज
आत्महत्याका घटनालाई सनसनीपूर्ण नबनाउन पत्रकारलाई आग्रह
Latest NewsJust now

आत्महत्याका घटनालाई सनसनीपूर्ण नबनाउन पत्रकारलाई आग्रह

काठमाडौं । आत्महत्या रोकथाममा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चारकर्मीलाई आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि अभिमुखीकरण दिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजनामा सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा ‘आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले मानसिक स्वास्थ्य मन्त्रालयको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play