Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि विवरण प्राधिकरणमा सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि विवरण प्राधिकरणमा सिफारिस
Photo / Coverage: पर्दाफास

भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरी पठाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा सम्पन्न भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले स्थानीय तहबाट सिफारिस भई आएका बेपत्ता व्यक्तिको आवश्यक कागजात सहित विवरण प्राधिकरणमा पठाउने र हालको विपद् व्यवस्थापन कोषमा मौज्दात रकम अपुग हुने भएकाले थप राहत रकम माग गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिए । बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, गढी गाउँपालिका, दुहबी नगरपालिका, धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र रामधुनी नगरपालिकाका बासिन्दा रहेका छन् । अधिकांश रसुवा मानसरोवर तीर्थयात्रामा जाँदै गरेका, रसुवा टिमुरे तथा अध्यागमन कार्यालय आसपास रहेका र विभिन्न जलविद्युत् आयोजना, होटेल तथा निर्माण कार्यमा कार्यरत व्यक्ति रहेको उनले बताए । त्यसै गरी बाढीपहिरो तथा पूर्वाधार क्षति व्यवस्थापन तर्फ धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको बाढीले आमबोटे क्षेत्र कटान गरी तल्लो भागमा पहिरो जाँदा धान खेत, बस्ती र व्यावसायिक कृषि फार्म जोखिममा परेको भन्दै नियन्त्रणका लागि लागत अनुमान सहित बजेट व्यवस्थापन गर्न कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगरलाई पत्राचार गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले बताए । यसैगरी बर्जु–४, छरहडी–५, ६ हुँदै इलाका प्रहरी कार्यालय गढी–इटहरी सडक बहुवर्षीय योजना अन्तर्गत दुहबी नगरपालिका–१० चरैया इँटाभट्टा स्थित टेङ्ग्रा खोलाको बाढीले भत्काएको टेवा पर्खाल पुनः निर्माणका लागि आवश्यक बजेट माग गर्दै प्रदेश विपद् व्यवस्थापन समितिमा सिफारिस पठाउने निर्णय भएको उहाँले जानकारी दिए । जिल्ला ट्राफिक कार्यालय धरानको कार्यालय भवन निर्माणका लागि धरान–८ तीनकुने स्थित कोशी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको चौरास्तामा रहेको लाङ्घाली सामुदायिक वन क्षेत्रको २ बिघा जग्गा प्रयोग गर्न विपद्का तर्फबाट समस्या नरहेको व्यहोरा सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको प्रजिअ अर्यालले जानकारी दिए । त्यसै गरी चिसो मौसम र शीतलहरूलाई ध्यानमा राख्दै रुघा, खोकी, झाडापखाला र निमोनिया जस्ता स्वास्थ्य समस्याबाट जोगिन जिल्ला अस्पताल सुनसरी लगायत स्थानीय स्वास्थ्य संस्था मार्फत निःशुल्क औषधि सहज वितरणको व्यवस्था मिलाइने छ । स्थानीय तहका एम्बुलेन्स तयारी अवस्थामा राख्ने, सचेतना मूलक सूचना प्रसारण गर्ने, आगो ताप्ने घुरबाट हुने आगलागी तथा चोट पटक रोक्न दमकल तयारी राख्ने र डिभिजन वन कार्यालयको समन्वयमा सहुलियत दरमा दाउरा उपलब्ध गराई आवश्यक स्थानमा दाउरा बाल्ने व्यवस्था मिलाइने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ । त्यसै गरी जङ्गली हात्तीको परम्परागत कोरिडोर सहज बनाई मानव तथा सम्पत्ति क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षा निकायहरूलाई विपद् उद्धार सामग्री तथा दक्ष जनशक्तिको अद्यावधिक नामावलीसहित तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालयले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनलाई प्रदीपको प्रश्न – सरकार चलाइरहनुभएको छ कि गुण्डाराज ?
OthersJust now

बालेनलाई प्रदीपको प्रश्न – सरकार चलाइरहनुभएको छ कि गुण्डाराज ?

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिन खोजिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति काठमाडौ क्षेत्र नं. ६ द्वारा शनिबार आयोजित कार्यक्रममा उनले शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन् । सरकार बनेको आठ महिनाको अवधिमा राज्यसत्ताको दुरुपयोगका… ...

अनलाइन खबर
‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल
OthersJust now

‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गरेका छन् । शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताए । उनले राजनीतिक दलको विचार, सिद्धान्त, ...

पर्दाफास
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने
OthersJust now

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने

किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित ¥याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा ...

पर्दाफास
स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला, इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना
OthersJust now

स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला, इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना

१२ मंसिर, काठमाडौं । स्पेनको क्यानरी आइल्यान्ड्सनजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ। डुङ्गाको इन्जिन खराब भएपछि करिब १०० जना आप्रवासी तीन दिनसम्म समुद्रमै अलपत्र परेका थिए। स्पेनी सञ्चारमाध्यमका अनुसार अलपत्र परेको अवधिमा खानेकुरा र पिउने पानी सकिएपछि केही यात्रुले तिर्खा मेट्न समुद्रको नुनिलो पानी पिएका थिए। यसका कारण… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement