Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘झोले युग’ अन्त्य गर्ने रविको घोषणा, पार्टी कार्यक्रममा अब झोलाको सट्टा फाइल
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गरेका छन् । शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताए । उनले राजनीतिक दलको विचार, सिद्धान्त, आदर्श र नेतृत्व मन पराएर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै रास्वपालाई यस्तो पहिचानबाट बाहिर निकाल्नुपर्ने धारणा राखे । लामिछानेले भने, ‘आज यो प्रशिक्षण कार्यक्रमबाट कम्तीमा रास्वपालाई यो झोले युगबाट बाहिर निकाल्ने सोचेको छु मैले।’ उनले पार्टीका कार्यक्रमहरूमा सहभागीलाई वितरण गरिने झोलाको विकल्पमा जनताका मुद्दा, गुनासा र सुझाव राख्न मिल्ने फाइल प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिए। फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याड तथा अन्य सामग्री राख्न सकिने उनको भनाइ थियो। ‘हामी झोला बोक्ने होइनौँ, हामी पछि लाग्ने होइनौँ, सँगै हिँड्ने हो। झोलालाई छोडेर अब यस्तो एक किसिमको स्मार्ट डायरी सुरुवात गरौँ,’ उनले भने। लामिछानेले पार्टीलाई विभिन्न संस्था, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोग र प्रायोजनबाट मुक्त राख्नुपर्नेमा समेत जोड दिए। पार्टीले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने र सहभागीले आफ्नो क्षमताअनुसार सामग्री खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘कसैलाई कुनै आयोजक, प्रायोजक हाम्रा लागि चाहिँदैन। अब झोलाको युगबाट निस्केर फाइलको युगमा आइसकेपछि हामी आफैँ गर्ने, हुनेले किन्ने, नहुनेको हुने साथीले किनिदिने अभियान सुरु गरौँ।’ लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट आएका कार्यकर्तालाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले आफूले व्यक्तिगत रूपमा कम्तीमा १० जना सहभागीका लागि फाइल खरिद गरिदिने घोषणा पनि गरे। उनले आर्थिक अवस्था कमजोर भएका कार्यकर्ताले सामग्री खरिद गर्न नसकेमा पार्टीभित्रैका आर्थिक रूपमा सक्षम साथीहरूले सहयोग गर्नुपर्ने बताए । सहभागीलाई झोला वितरण नगर्न आग्रह गर्दै उनले अबदेखि पार्टीका प्रशिक्षण, अभियान, अधिवेशन तथा महाधिवेशनमा फाइल प्रयोग गर्ने अभ्यास सुरु गरिने जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने
OthersJust now

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीचको सहकार्य निरन्तर रहने

किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित ¥याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा ...

पर्दाफास
स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला, इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना
OthersJust now

स्पेननजिकै समुद्रमा अलपत्र डुङ्गामा १५ आप्रवासीको शव फेला, इन्जिन बिग्रिँदा तीन दिन फसेका थिए १०० जना

१२ मंसिर, काठमाडौं । स्पेनको क्यानरी आइल्यान्ड्सनजिकै शुक्रबार समुद्रमा आप्रवासी सवार एउटा डुङ्गामा १५ जनाको शव फेला परेको छ। डुङ्गाको इन्जिन खराब भएपछि करिब १०० जना आप्रवासी तीन दिनसम्म समुद्रमै अलपत्र परेका थिए। स्पेनी सञ्चारमाध्यमका अनुसार अलपत्र परेको अवधिमा खानेकुरा र पिउने पानी सकिएपछि केही यात्रुले तिर्खा मेट्न समुद्रको नुनिलो पानी पिएका थिए। यसका कारण… ...

अनलाइन खबर
कमब्याक होस् त गरिमाको जस्तो !
OthersJust now

कमब्याक होस् त गरिमाको जस्तो !

राजेश हमाल, सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी, गौरी मल्ल, निरुता सिंह र विपना थापासम्म नेपाली फिल्म क्षेत्रबाट टाढिएर पुनः फर्किएका केही प्रतिनिधि नाम हुन् । कोही विदेश पलायन भएर कालान्तरमा नेपाली फिल्म क्षेत्रमा फर्किए त कोही विवाहपछि अभिनयबाट टाढिए । कोही भने नेपालमै रहेर पनि फिल्म अभिनयबाट टाढिएका थिए । तर, समयक्रममा उनीहरू फेरि फिल्म क्षेत्रमा फर्किए । यद्यपि, उनीहरूमध्ये ...

पर्दाफास
देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै
OthersJust now

देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै

देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement