Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो

भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो

10/30/2026, 3:33:28 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ११२ जनाको शव पहिचान गरी परिवारलाई बुझाइयो

भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । नदीले बगाएर टाढा पुर्‍याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको हो । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको शुक्रबारको बैठकमा नेपाल प्रहरीका तर्फबाट विस्तृत कार्यप्रगति प्रस्तुत गर्दै प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले उक्त विवरण सार्वजनिक गरेका हुन् । विपद् सुरु भएलगत्तै प्रहरी प्रधान कार्यालयमा चौबिसै घण्टा सञ्चालन हुने गरी ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरेर कार्यसम्पादन भइरहेको उनले जानकारी दिए । एसपी पुरीका अनुसार बाढीका कारण आठ जिल्लाका २६ स्थानीय तह प्रभावित भएकामा सरकारले १५ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हालसम्म १ हजार ४७६ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ भने खोजी कार्यमा तालिमप्राप्त कुकुर (केनाइन) समेत प्रयोग गरिएको छ । विपद्का सुरुवाती क्षणमा प्रहरीका छवटा युनिटमा समेत क्षति पुगेको र सञ्चार सम्पर्क विच्छेद भएको अवस्थालाई चिर्दै उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । शव पहिचान तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रहरीले प्रविधिको उच्च उपयोग गरेको छ । फेला परेका सबै शवहरूको फोटोसहितको विवरण नेपाल प्रहरीको वेबसाइटमा अभिलेखीकरण गरिएको छ । यसले देश–विदेशमा रहेका आफन्तहरूलाई शव पहिचान गर्न सहज भएको छ । यसका साथै डीएनए प्रोफाइलिङ, फरेन्सिक जाँच तथा कानुनी प्रक्रिया सहजीकरणका लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कै नेतृत्वमा डेडिकेटेड टिम परिचालन गरिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै शव तथा घाइते व्यवस्थापनका लागि ५१ जनाको प्रहरी टोली खटाइएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) सँग निरन्तर समन्वय गरी तथ्याङ्क प्रमाणीकरण र उद्धार कार्य अघि बढाइएको छ । यद्यपि, भौगोलिक विकटता र नदीको तीव्र बहावका कारण अझै पनि केही व्यक्ति बेपत्ता रहेको र उनीहरूको वास्तविक संख्या यकिन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, ३०२ रोपनी जग्गा सरकारको नाममा
OthersJust now

कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, ३०२ रोपनी जग्गा सरकारको नाममा

१३ कात्तिक, काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ लाई सरकारले कार्यान्वयनमा ल्याएको छ । प्रतिवेदन कार्यान्वयनका क्रममा काठमाडौं महानगरपालिका वडा नं ४, ५, ८, ९, १०, १२ र २९ को ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री… ...

अनलाइन खबर
गृह मन्त्रालयले किन गर्‍यो एन–प्याब्सन निलम्बन ? यस्तो छ कारण
OthersJust now

गृह मन्त्रालयले किन गर्‍यो एन–प्याब्सन निलम्बन ? यस्तो छ कारण

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएका निर्देशन बारम्बार पालना नगरेको तथा स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि गरेको भन्दै एन-प्याब्सनलाई निलम्बन गरेको हो। मन्त्रालयका अनुसार नेपाल सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को ...

पर्दाफास
काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु
OthersJust now

काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सुरु

१३ कार्तिक, काठमाडौं । काठमाडौं हरर फिल्म फेस्ट को दोस्रो संस्करण आजबाट सुरु भएको छ । दिउँसो १२:४५ बजेदेखि रसियन हाउस काठमाडौंमा महोत्सव सुरु भएको हो । महोत्सवले हरर चलचित्रलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत (जनर) चलचित्र निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डितले महोत्सवको उद्‌घाटन गरेका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play