गृह मन्त्रालयले किन गर्यो एन–प्याब्सन निलम्बन ? यस्तो छ कारण

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम दिइएका निर्देशन बारम्बार पालना नगरेको तथा स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि गरेको भन्दै एन-प्याब्सनलाई निलम्बन गरेको हो। मन्त्रालयका अनुसार नेपाल सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको एन-प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट दिइएका निर्देशन पालना नगरेको पाइएको थियो। साथै, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको मन्त्रालयले जनाएको छ। यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षहरूलाई २०८३ भदौ २३ गते छलफलका लागि बोलाएको थियो। छलफलपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८२ जेठ १२ गते जारी निर्देशनबमोजिम काम गर्न आग्रह गरिएको थियो। तर, उक्त आग्रहसमेत पालना नगरेको भन्दै मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन उल्लङ्घन गरेको आधारमा सोही ऐनको दफा ६ को उपदफा (२) अनुसार एन-प्याब्सनलाई अर्को निर्णय नभएसम्म निलम्बन गरेको हो। निलम्बनसँगै संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ। निलम्बन अवधिमा संस्थाको नाम प्रयोग गरी गतिविधि गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सिँचाइ महानिर्देशक र सुनकोशी आयोजना प्रमुख पक्राउप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी शासन, विधि प्रक्रिया तथा व्यक्तिको मौलिक हक सम्मान हुनुपर्ने एसोसिएसनको भनाइ छ । ...

अब ‘ह्यारी पोटर’ को पनि सिरिज : कहिले कहाँ हेर्न सकिन्छ ?
जादु, रहस्य र रोमाञ्चकले भरिएको होगवाट्र्सको संसारमा फेरि फर्किने दिन नजिकिँदै छ । बाल्यकालदेखि लाखौँ दर्शकको मनमा बसेको ‘ह्यारी पोटर’ अब फिल्ममा मात्र सीमित रहनेछैन, सिरिजका रूपमा पनि दर्शकमाझ आउने भएको छ । यसको पहिलो झलक सार्वजनिक भएसँगै पुराना प्रशंसकमा उत्साह थपिएको छ । अझ रोचक कुरा, निर्माताले सिरिजको प्रदर्शन मितिसमेत घोषणा गरेका छन् ।… ...

नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् । ...

नेपालगन्जमा शनिबारदेखि अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
१३ कात्तिक, काठमाडौं । नेपालगन्जमा शनिबारदेखि तेस्रो संस्करणको नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु हुँदैछ। नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा प्रतियोगिता नेपालगन्ज रंगशालामा दुई दिन सञ्चालन हुनेछ। नेपाल स्वीमिङ एसोसिएसनसँगको सहकार्यमा हुने प्रतियोगितामा भारतका लखनउ, दिल्ली र पञ्जाबबाट समेत खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा भारतका करिब ५० र नेपालका विभिन्न स्थानबाट करिब १५० गरी कुल २०० खेलाडीले प्रतिस्पर्धा… ...


