Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भोजपुरमा जारी वडाध्यक्ष कप : आम्तेक र युनिटी फाइनल प्रवेश, उपाधिका लागि मंगलबार भिडदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोजपुरमा जारी वडाध्यक्ष कप : आम्तेक र युनिटी फाइनल प्रवेश, उपाधिका लागि मंगलबार भिडदै
Photo / Coverage: अनलाइनपाना

भोजपुर । भोजपुरमा जारी चौँथो संस्करणको वडाध्यक्ष कप खुला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको सेमिफाइनल खेलबाट आम्तेक–११ र युनिटी–७ फाइनलमा प्रवेश गरेका छन । उपाधिका लागि दुई टिमबीच मंगलवार प्रतिस्पर्धा हुने छ । बिहानी फुटवल क्लव र आम्तेक– ११ बीच सोमवार भएको पहिलो सेमिफाइनल खेलमा दुवै तर्फबाट एक–एक गोल भएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । जसमा बिहानीलाई पछि पार्दै आम्तेक–११ फाइनल प्रवेश गरेको हो । यस्तै दोश्रो सेमिफाइन खेलमा १–० गोलले कोदार फुटवल क्लवलाई पराजित गर्दै युनिटी उपाधिका लागि दावेदार बनेको हो । मंसिर ४ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा भई रहेको छ । प्रतियोगितामा समुह (क) तर्फ बोखिम फुटवल क्लव, आम्तेक ११, भोजपुर–१०, खेलकुद विकास समिति–६, टेम्केमैयुङ, जयबुद्ध, बिहानी फुटवल क्लव र पौवादुङमा कलेक्सनको टिमले सहभागिता जनाएका थिए । यस्तै, समुह (ख) तर्फ भोर्टोक्स फुटवल क्लव, अन्नपूर्ण फुटवल क्लव, बोखिम, कोदार फुटवल क्लव, सेभेन स्टार फुटवल क्लव, रिमाचुङ, युनिटि–७ र चौतारी फुटवल क्लवको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टोलीले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ र उपविजेता टोलीले नगद ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै व्यक्तिगत विधातर्फ म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजन भोजपुर नगरपालिका वडा नम्बर ७ को रहेको छ भने खेलको संयोजन भोजपुर जिल्ला फुटबल संघले गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन भारत भ्रमणबाट स्वदेश फिर्ता
Latest NewsJust now

प्रधानमन्त्री बालेन भारत भ्रमणबाट स्वदेश फिर्ता

काठमाण्डु – भारतको २ दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सोमबार साँझ स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले स्वागत गरे । यसअघि प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्न भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला, […] ...

काठमाण्डुपाटी
अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्दैछौं -मन्त्री सोविता गौतम
Latest NewsJust now

अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्दैछौं -मन्त्री सोविता गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनको सुझाव अनुसार अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्न लागिएको बताएकी छन् । सिंहदरबारमा सोमबार बसेको अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकमाथिको छलफलका क्रममा मन्त्री गौतमले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, लागत अनावश्यक बढाउने, गलत प्रयोग हुन सक्ने र वर्तमान सन्दर्भमा असान्दर्भिक तथा अनावश्यक ...

केन्द्रबिन्दु
काठमाडौं आइपुगे प्रधानमन्त्री शाह
Latest NewsJust now

काठमाडौं आइपुगे प्रधानमन्त्री शाह

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज अपराह्न स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई केहीबेर अघि नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भएका प्रधानमन्त्री शाहलाई आज नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय ...

कर्पोरट खबर
आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अर्थपूर्ण बन्यो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे, आजै स्वदेश फर्किने जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरे, दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने विश्वास भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement