Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्दैछौं -मन्त्री सोविता गौतम

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्दैछौं -मन्त्री सोविता गौतम
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनको सुझाव अनुसार अनावश्यक नियन्त्रणमुखी ऐनहरू खारेज गर्न लागिएको बताएकी छन् । सिंहदरबारमा सोमबार बसेको अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकमाथिको छलफलका क्रममा मन्त्री गौतमले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, लागत अनावश्यक बढाउने, गलत प्रयोग हुन सक्ने र वर्तमान सन्दर्भमा असान्दर्भिक तथा अनावश्यक नियन्त्रणमुखी केहि ऐनहरु सशोधन र खारेज गर्न लागिएको बताएकी हुन् । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा समेत असान्दर्भिक पुराना कानुन÷ऐन खारेज गर्ने कुरा उल्लेख गरिएकाले खारेज गर्नुपर्ने ऐन खारेज गर्ने र आवश्यक विषयवस्तु संशोधन गर्ने उद्देश्यका साथ विधेयक ल्याइएको उनले बताइन् । मन्त्री गौतमले प्रादेशिक विकास आयोजना कार्यान्वयन गर्ने ऐन, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, आय टिकट दस्तुर ऐन, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन खारेजका लागि पहिचान गरिएको जानकारी दिइन् । त्यस्तै मूल्य अभिवृद्धि कर ऐन, आयकर ऐन र भन्सार ऐनलाई संशोधन गर्न लागिएको मन्त्री गौतमले बताइन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के भए ?
Latest NewsJust now

अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के भए ?

काठमाडौं । नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए । “नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,” उनले भने । त्यसपछि ...

केन्द्रबिन्दु
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न सरकारसँग पत्रकार महासंघको माग, धुलिखेल सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित
Latest NewsJust now

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न सरकारसँग पत्रकार महासंघको माग, धुलिखेल सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित

• नेपाल पत्रकार महासंघले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा भइरहेको हस्तक्षेप रोक्न सरकारसँग माग गरेको छ। • महासंघले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन, सञ्चारसम्बन्धी कानुनमा सरोकारवालासँग छलफल गर्न र पत्रकारको अधिकारको संरक्षण गर्न आग्रह गरेको छ। • सरकारले सञ्चारमाध्यममा भइरहेको नियन्त्रण र हस्तक्षेपको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ। ...

नेपालबहस
दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा
Latest NewsJust now

दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा

काठमाडौँ, मङ्सिर ७ गते । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आ... ...

गोरखापत्र
भीमफेदी दुर्घटना प्रतिवेदन : वास्तविक कारण यकिन गर्न थप अनुसन्धान आवश्यक
Latest NewsJust now

भीमफेदी दुर्घटना प्रतिवेदन : वास्तविक कारण यकिन गर्न थप अनुसन्धान आवश्यक

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाको छानबिन तयार भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार तयार भएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement