Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : मनिष झा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अयोध्या–जनकपुरधाम रेल सञ्चालन हुनु ठूलो अवसर हो : मनिष झा
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अयोध्या जनकपुरधाम रेल सेवाले ठूलो अवसर सृजना गरेको धारणा राखेका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद झाले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो पोस्ट गर्दै ‘सिया बिन राम अधुरा’ भन्ने उख्खानबारे चर्चा गरे । उनले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रुपमा उद्घाटन गरेको अयोध्या जनकपुरधाम सरयू कमला एक्सप्रेस रेलले माता सीता र भगवान रामलाई जोड्ने ऐतिहासिक कार्य गरेको बताएका छन् । सांसद झाले यस रेल सेवाले दुबै देशबीचको पौराणिक र एतिहासिक सम्बन्धलाई थप प्रगाढ तुल्याएको धारणा राखेका छन् । सांसद झाले अयोध्या जनकपुरधाम रेल सेवाले धनुषावासीलाई ठूलो अवसर सृजना गरेको उल्लेख गरेका छन् । धनुषालगायतका क्षेत्रमा आर्थिक र पर्यटन क्षेत्रको विकासमा यस रेल सेवाले ठूलो भूमिका निर्वाह गर्ने सांसद झाको भनाई छ । उनले दुबै देशका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन् । अयोध्यादेखि जनकपुरधामसम्म रेल सेवाको उद्घाटन प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार गरेका छन् । भोली(मंगलबार) विहान ९ः३० बजे सो रेल जनकपुरधाम आइपुग्ने समयतालिका छ । पहिलो पटक आउन लागेको यस रेलमा सवार ११०० यात्रुको स्वागतका निम्ति जनकपुरधाममा विशेष कार्यक्रमहरुको आयोजना गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चीन-अफ्रिका विकास सहकार्यमा गरिबी न्यूनीकरण प्राथमिकतामा
OthersJust now

चीन-अफ्रिका विकास सहकार्यमा गरिबी न्यूनीकरण प्राथमिकतामा

चीनले गरिबी निवारणका क्षेत्रमा हासिल गरेको उपलब्धि अफ्रिकी मुलुक तथा विश्व दक्षिणका विकासशील राष्ट्रहरूका लागि दिगो विकास र आधुनिकीकरणको दिशामा उपयोगी अनुभव बन्न सक्ने विशेषज्ञहरूले बताएका छन् । ...

अनलाइन खबर
दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने
OthersJust now

दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबार रंगशालाको उद्घाटन एवम हस्तान्तरण गरिएको छ । प्रतिस्पर्धा मंगलबारदेखि हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन हुनुभन्दा आठ दिनअघि नै विभिन्न ६ खेलका प्रतिस्पर्धा सुरु हुन लागेका हुन् । खेल सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पदक जित्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा जुटिरहेका ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणबारे सरकार– दुई देशको सम्बन्ध सकारात्मक लयमा फर्किएको छ

‘लामो समयपछि यस भ्रमणले नेपाल–भारतको सम्बन्धलाई सम्भावनायुक्त सकारात्मक लयमा फर्काएको विश्वास गरेका छौं,’ खनालले भने । ...

अनलाइन खबर
खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन
OthersJust now

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

एएनआईसँग कुरा गर्दै उनले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताएका हुन्। स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उनको भनाइ छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement