Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनाको प्रतिवेदन : चालकको थकान र क्षमताभन्दा बढी यात्रु सम्भावित कारण

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनाको प्रतिवेदन : चालकको थकान र क्षमताभन्दा बढी यात्रु सम्भावित कारण
Photo / Coverage: केन्द्रबिन्दु

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले दुर्घटनाको वास्तविक कारण भने यकिन गर्न सकेको छैन। त्यसका लागि थप प्राविधिक तथा कानुनी अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ। गत कात्तिक २६ गते बिहान काठमाडौँबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी भीमफेदीमा सडकबाट तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुर्घटनापछि सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले स्थलगत अध्ययन, प्रत्यक्षदर्शीको भनाइ र उपलब्ध कागजातका आधारमा प्रतिवेदन तयार गरेको हो। प्रतिवेदनले चालकको थकान र पर्याप्त विश्रामको अभावलाई दुर्घटनाको सम्भावित कारणका रूपमा औँल्याएको छ। चालक रविशंकर कुमार मण्डलले कात्तिक २४ गतेदेखि लगातार सवारी सञ्चालन गरेको र दुर्घटनाको दिन बिहान १ बजे मलंगवाबाट काठमाडौँ आइपुगेको करिब एक घण्टापछि पुनः यात्रु लिएर मलंगवातर्फ लागेको उल्लेख छ। तर चालक निदाएको वा थकानकै कारण नियन्त्रण गुमाएको पुष्टि भने भएको छैन। प्रत्यक्षदर्शीका अनुसार ईभी घुम्तीमा नमोडिई सिधै जंगलतर्फ गएको थियो। दुर्घटनास्थलको सडक साँघुरो भएकै कारण दुर्घटना भएको नदेखिएको समितिको निष्कर्ष छ। यद्यपि सडकको भौगोलिक जोखिम, घुम्ती, सुरक्षा संरचना र संकेत व्यवस्थामा सुधार आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। दुर्घटनाका बेला चालकसहित २० जना सवार रहेको र सवारीको स्वीकृत क्षमता ११ जना मात्रै रहेको पनि प्रतिवेदनले पुष्टि गरेको छ। क्षमताभन्दा नौ जना बढी यात्रु राखिएको भए पनि यही कारणले दुर्घटना भएको प्रमाणित हुन नसकेको समितिले जनाएको छ। त्यस्तै, ईभीको ब्रेक, स्टेयरिङ, मोटरलगायतका प्रणालीमा दुर्घटनाअघि खराबी थियो वा थिएन भन्ने यकिन हुन सकेको छैन। सवारी अत्यधिक क्षतिग्रस्त भएकाले प्राविधिक अवस्था परीक्षण गर्न नसकिएको प्रतिवेदनमा उल्लेख छ। सवारीको जाँचपास अवधि भने कायम रहेको थियो। समितिले दुर्घटनाको जिम्मेवारी चालकमा मात्रै सीमित गर्न नमिल्ने भन्दै सवारीधनी, यातायात व्यवसायी, सडक व्यवस्थापन गर्ने निकाय र नियामक संस्थाको भूमिकासमेत थप अनुसन्धान गर्नुपर्ने जनाएको छ। चालकको कार्यअवधि र विश्राम, यात्रु क्षमता तथा सवारीको प्राविधिक अवस्थाको निगरानी गर्न प्रविधिमा आधारित एकीकृत यातायात अनुगमन प्रणाली विकास गर्न सुझाव दिइएको छ। त्यस्तै, जोखिमयुक्त सडकको नियमित सुरक्षा परीक्षण, विद्युतीय सवारी सञ्चालनका प्राविधिक मापदण्ड र दुर्घटना अनुसन्धान प्रणाली प्रभावकारी बनाउन तथा मृतकका परिवार र घाइतेको उपचार, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न समितिले सिफारिस गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘सूर्य किरण’ अभ्यासमा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
Latest NewsJust now

‘सूर्य किरण’ अभ्यासमा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा

भारतीय सेनाको एक टोली संयुक्त अभ्यासका लागि नेपाल आएको छ। रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही मंसिर ९ देखि २२ गतेसम्म सञ्चालन हुने ‘सूर्य किरण’ अभ्यासमा सहभागिताका लागि भारतीय सेनाको टोली नेपाल आएको हो। उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाको तर्फबाट ज्वालादल गण सहभागी हुनेछन्। विसं २०६७ सालदेखि न... ...

नेपालखबर
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
Latest NewsJust now

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

काठमाण्डु – मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो । बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद […] ...

काठमाण्डुपाटी
बालेन फर्किएपछि हर्कले लेखे- ‘नेपाललाई भारतको भीख चाहिएको छैन’
Latest NewsJust now

बालेन फर्किएपछि हर्कले लेखे- ‘नेपाललाई भारतको भीख चाहिएको छैन’

काठमाडौं । विपक्षी दल श्रम संस्कृती पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे कटाक्ष गरेका छन् । भारतले नेपाललाई दिएको २४ हजार करोड विकास सहायता प्याकेज लक्षित हर्कले कटाक्ष गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालको पुननिर्माण र दीर्घकालिन विकासका लागि भन्दै २४ हजार करोड […] ...

लोकपथ
भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Latest NewsJust now

भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका थिए... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement