Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोजपुरको दुर्गम बस्तीमा केन्द्रीय विद्युत् पुगेपछि फेरियो स्थानीयको दैनिकी

भोजपुरको दुर्गम बस्तीमा केन्द्रीय विद्युत् पुगेपछि फेरियो स्थानीयको दैनिकी

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोजपुरको दुर्गम बस्तीमा केन्द्रीय विद्युत् पुगेपछि फेरियो स्थानीयको दैनिकी

भोजपुर । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ । लामो समयदेखि विद्युत् सेवा उपभोग गर्ने सपना बोकेर बसेका स्थानीयको घरघरमा बिजुली पुगेपछि उत्साहित भएका छन् । विद्युत् विस्तारसँगै स्थानीय सूचना, सञ्चार तथा प्रविधिको पहुँचमा जोडिनुका साथै दैनिक जीवनयापनमासमेत परिवर्तन आएको छ । भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा विद्युत् विस्तार भएपछि स्थानीयले इन्टरनेट, टेलिभिजनलगायतका सुविधाको उपभोग गर्न पाएका छन् । यसअघि विद्युत् अभावका कारण ओझेलमा परेका बस्तीका नागरिक अहिले सूचना तथा सञ्चारको पहुँचमा जोडिन थालेका छन् । विद्युत् पुगेपछि बालबालिकाको अध्ययनदेखि घरायसी कामकाज र स्थानीयस्तरमा सञ्चालन हुने साना उद्योगसम्म सहज भएको स्थानीयवासी बलबहादुर राईले बताए । विगतमा विद्युत् अभावका कारण बालबालिकाको पढाइदेखि स्थानीय उत्पादनको कुटानीपिसानीसम्ममा समस्या हुने गरेको थियो । विद्युत् विस्तारलाई प्राथमिकतामा राखेर काम गरेपछि थोरै बजेटबाट पनि नतिजामुखी काम गर्न सफल भएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए । भौगोलिक रूपमा ठूलो क्षेत्र भएकाले सबै बस्तीमा विद्युत् पु¥याउन विभिन्न चुनौती सामना गर्नुपरे पनि प्राथमिकताका आधारमा काम अघि बढाउँदा लक्ष्य हासिल गर्न सफल भएको उनको भनाइ छ । विद्युत् विस्तारसँगै स्थानीयले विद्युतीय मिलको सहायताले कुटानीपिसानी गर्न थालेका छन् । यसबाट परम्परागत रूपमा गर्नुपर्ने श्रम र समयको बचत भएको छ । त्यस्तै, फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गर्न सहज भएपछि स्थानीय उत्पादन तथा आयआर्जनका गतिविधिमा टेवा पुगेको वडाले जनाएको छ । विद्युत् सेवा विस्तारले ग्रामीण क्षेत्रका नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै शिक्षा, सञ्चार र स्थानीय उद्यम विकासका लागि नयाँ सम्भावनासमेत सिर्जना गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

चोरीका गरगहनासहित महिला पक्राउ
ताजा खबरJust now

चोरीका गरगहनासहित महिला पक्राउ

• पर्सामा चार लाख ११ हजार बराबरका चोरीका गरगहनासहित एक महिलालाई पक्राउ गरिएको छ। • पक्राउ गरिएकी महिलासँग एक तोलाको सुनको सिक्री र दुई तोला चाँदीका पाँच सेट पायल बरामद गरिएको छ। • चोरी गरिएका गरगहनाहरू वीरगञ्ज महानगरपालिका–६ स्थित हर्ष ज्वेलर्सबाट चोरी गरिएको थियो। ...

नेपालबहस
मङ्गल ग्रहको चन्द्रमाको टुक्रा लिन एउटा मिसन मङ्गलतर्फ रवाना
ताजा खबरJust now

मङ्गल ग्रहको चन्द्रमाको टुक्रा लिन एउटा मिसन मङ्गलतर्फ रवाना

JAXA अन्तरिक्षयान मङ्गलको को ठूलो चन्द्रमा फोबोसमा जाने छ सोमवार प्रक्षेपण भएको एउटा अन्तरिक्ष मिसनले मङ्गलको चन्द्रमा अर्थात् फोबोसको एउटा टुक्रा लिएर पृथ्वीमा फर्किने प्रयास गर्ने लक्ष्य राखेको छ।यदि यो सफल भएमा ...

बीबीसी नेपाली
जागिरसँगै फलफूल व्यापार
ताजा खबरJust now

जागिरसँगै फलफूल व्यापार

महेन्द्रनगर।कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी सेवासँगै फुर्सदको समय सदुपयोग गर्दै साइकलमा ड्रागन फ्रुट बिक्री गरेर स्वरोजगारको सन्देश प्रवाह गरिरहेका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत पन्तले सरकारी सेवामा ११ वर्ष बिताइसकेका छन्। बितेका चार वर्षदेखि उनी महेन्द्रनगर बजारमा साइकलमा ड्रागन फ्रुट बिक्री गर्दै आएका छन् । “बिहान एक–डेढ घण्टा र साँझ ५ बजेपछि ड्रागन ...

नेपालन्युज
झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
ताजा खबरJust now

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान करिब ५:३० बजे बिहान मर्निङ वाकमा निस्किएका स्थानीय ७३ वर्षीय झक्कु राजवंशी र ७० वर्षीया लजुना खातुनलाई हात्तीले आक्रमण गरेको थियो। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play