Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

भीमफेदी दुर्घटनापछि सडक सुरक्षामा गम्भीर हुन आङ्देम्बेको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
भीमफेदी दुर्घटनापछि सडक सुरक्षामा गम्भीर हुन आङ्देम्बेको माग
Photo / Coverage: नेपालन्युज

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मकवानपुरको चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनापछि सडक सुरक्षा प्रणालीमा तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार भएको उक्त दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए। छठ पर्व मनाउन घर फर्किरहेका यात्रु सवार उक्त सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आङ्देम्बेले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आङ्देम्बेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। उनले सवारीसाधनको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरी निगरानीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। सडक सुरक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो। सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन?’ उनले यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनापछि गठन गरिएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। दुर्घटनापछि छानबिन समिति गठन गर्ने, केही समय चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ। उनले सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै दुर्घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक
Latest NewsJust now

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घुमफिर गर्न पुगेका पर्यटकका कारण पार्क दिनभरजसो भरिभराउ बनेको थियो । पार्कको टिकट बिक्री काउन्टरका विनोद चौधरीका अनुसार बिहीबार मात्रै २ लाख ६० हजार रुपैयाँ बराबरको टिकट बिक्री भएको हो । उनका अनुसार ...

केन्द्रबिन्दु
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
Latest NewsJust now

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उ... ...

नेपालखबर
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
Latest NewsJust now

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

होत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारी स्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुन्जिन थालेका छन् । सूर्यदेव […] ...

लोकपथ
सरकार अराजकतातर्फ उन्मुख : प्रदीप पौडेल
Latest NewsJust now

सरकार अराजकतातर्फ उन्मुख : प्रदीप पौडेल

जनकपुरधाम।नेपाली कांग्रेसका महासचिव प्रदीप पौडेलले सरकारको क्रियाकलापका कारण लोकतन्त्र समाप्त हुने र मुलुकमा अराजकता बढ्ने खतरा रहेको बताएका छन्। उनले सरकारले विधिको शासनलाई कमजोर बनाउँदै मुलुकलाई अराजकतर्फ धकेल्न खोजेको आरोप लगाए। जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले विगतमा प्रश्न गर्नेहरूलाई हेप्ने गरेको सरकारले अहिले प्रश्न गर्नेलाई थुन्ने, अपमानित गर्ने र विधिको शासन नमान्ने प्रवृत्ति देखाएको बताए। पुराना दलको विरोध गर्दै उदाएको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play