काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेश सचिव विक्रम मिस्रीबीच नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ। बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको ऐतिहासिक मित्रता र बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको हो। भेटमा ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालको दुई दिने भ्रमणमा बुधबार काठमाडौं आइपुगेका मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर पहिलो साताका लागि तय भारत भ्रमणको तयारीका सिलसिलामा नेपाल आएका मिस्री बिहीबार स्वदेश फर्कने छन्।
भारतीय विदेश सचिवले भेटे परराष्ट्रमन्त्री खनाल

Read Complete Original Article
Published originally on नेपालन्युज






