Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ७ । भारतको राजकीय भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा गार्ड अफ अनर ग्रहण गर्नुभएको छ। भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई राजकीय सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको हो। राजकीय भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई सम्मान प्रकट गर्ने परम्पराअनुसार प्रधानमन्त्री शाहलाई उक्त सम्मान प्रदान गरिएको हो। गार्ड अफ अनर प्रदान गर्ने समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारत सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। दुई दिनकाे भारत भ्रमणका लागि जानु भएका शाह आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित, म्याद तामेली नहुँदा सर्वोच्चको प्रक्रिया अघि बढेन
PoliticsJust now

दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ स्थगित, म्याद तामेली नहुँदा सर्वोच्चको प्रक्रिया अघि बढेन

काठमाडौं, मंसिर ७ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गर्नुभएको रिटमाथि सर्वोच्च अदालतमा आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ । मुद्दामा विपक्षी बनाइनुभएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई म्याद तामेली हुन बाँकी रहेकाले सुनुवाइ स्थगित भएको हो । यसअघि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक डा. केसीका नाममा म्याद जारी गरी बुझाउन पठाएको थियो । तर, उहाँको पद प्रहरी अतिरिक्त ...

जनताटाइम्स
नयाँदिल्लीमा बालेन-मोदी भेट [तस्बिरहरू]
PoliticsJust now

नयाँदिल्लीमा बालेन-मोदी भेट [तस्बिरहरू]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाहलाई आज बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ। भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन्। सो अवसरमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहको सम्मानमा ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो। प्रधानमन्त्री शाहले सम्मान गारदको निरीक्षणसमेत गरेका छन्।   ...

फरकधार
लमजुङ पुगे प्रचण्ड, स्थानीय र पार्टी कार्यकर्ताद्वारा स्वागत
PoliticsJust now

लमजुङ पुगे प्रचण्ड, स्थानीय र पार्टी कार्यकर्ताद्वारा स्वागत

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज लमजुङ पुगेका छन् । पार्टीका सल्लाहकार एवं सहकर्मी पूर्णबहादुर गुरुङको निधनपछि आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड क्व्होलासोथार गाउँपालिका–सानो काभ्रे पुगेका हुन् । चितवन र गोरखा हुँदै लमजुङ प्रवेश गरेका उनलाई राइनास नगरपालिका–१ मा स्थानीय बासिन्दा तथा पार्टीका नेता–कार्यकर्ताले स्वागत गरेका थिए । यसअघि उनलाई चितवनको भरतपुर, तनहुँको आँबुखैरेनी तथा गोरखाको बाह्रकिलो ...

फरकधार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबीच हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता
PoliticsJust now

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबीच हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता

काठमाडौं, मंसिर ७ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा उच्चस्तरीय भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल भइरहेको छ। भेटवार्तापछि दिउँसो १२ः२५ बजे हैदराबाद हाउसमै दुवै देशबीच विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गर्ने तथा संयुक्त प्रेस ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement