काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता सम्पन्न भएपछि नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको बैठकमा प्रधानमन्त्री शाह, मोदीसहित दुवै देशका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी छन् । अबकाे केहीबेरमा विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
बालेन–मोदीबीच एक्लाएक्लै भेटपछि प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






