Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

भारतीय राजदूत दलेला आइपुगे काठमाडौं

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय राजदूत दलेला आइपुगे काठमाडौं
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। भारतले गत असोज ३० गते दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो। भारतीय विदेश सेवाका वरिष्ठ कूटनीतिज्ञ दलेलाले सन् १९९३ मा सेवामा प्रवेश गरेका थिए। उनले इजरायल, ब्राजिल, अमेरिका, बंगलादेश, स्विट्जरल्यान्ड र भुटानलगायतका देशमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरी भारत फर्किसकेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
Latest NewsJust now

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

किएभ।दक्षिणी युक्रेनमा मानवीय सहायता लिन भेला भएका मानिसहरूलाई लक्षित गरी रुसले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या मंगलबार २९ पुगेको छ भने ४८ जना अझै बेपत्ता छन्। यसैबीच, रुसले रातभर युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा अस्पतालहरूमा क्षति पुगेको छ भने दर्जनौं मानिस घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ क्षेत्रमा २८९ वटा आक्रमणकारी ड्रोन, १७ ...

नेपालन्युज
लुम्बिनी र पाेखराबिचकाे खेल, LIVE UPDATES
Latest NewsJust now

लुम्बिनी र पाेखराबिचकाे खेल, LIVE UPDATES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले टस जितेर बलिङ सुरु गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा पोखरा एभेन्जर्ससँगको खेलमा लुम्बिनीका कप्तान रोहितले टस जितेर बलिङ... ...

रातोपाटी
व्यावसायिक उत्पादन र बिक्री हुने जैविक र प्रांगारिक मल अब आवश्यक पदार्थको सूचीमा
Latest NewsJust now

व्यावसायिक उत्पादन र बिक्री हुने जैविक र प्रांगारिक मल अब आवश्यक पदार्थको सूचीमा

सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री–वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसका साथै सरकारले मलको गुणस्तर, उत्पादन तथा बिक्री–वितरणलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यले मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने नि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play