भारतले प्रक्षेपण गर्यो नयाँ नेभिगेसन उपग्रह, स्वदेशी प्रणाली थप बलियो बनाउने लक्ष्य

नयाँदिल्ली । भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’ (नाभिक) लाई सुदृढ पार्ने उद्देश्यले शुक्रबार राति नयाँ पुस्ताको नेभिगेसन उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार ‘एनभीएस–०३’ नामक उपग्रहलाई जीएसएलभी–एफ१८ रकेटमार्फत आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार शुक्रबार राति ११ः५१ बजे प्रक्षेपण गरिएको हो । इसरोले सामाजिक सञ्जाल एक्समा लेखेको छ, “जीएसएलभी–एफ१८ ले एनभीएस–०३ लाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको छ ।” भारतका विज्ञान तथा प्रविधिमन्त्री जितेन्द्र सिंहले यस सफलताका लागि इसरोका वैज्ञानिकहरूलाई बधाई दिँदै यसले अन्तरिक्ष प्रविधिमा भारतको बढ्दो क्षमता र स्वदेशी नेभिगेसन प्रणालीलाई सुदृढ पार्ने प्रतिबद्धता झल्काएको बताएका छन् । इसरोका अनुसार जीएसएलभी–एफ१८ भारतको भूस्थिर उपग्रह प्रक्षेपण यान (जीएसएलभी) को २०औँ उडान हो । नयाँ पुस्ताको नेभिगेसन उपग्रह शृङ्खलाअन्तर्गतको तेस्रो उपग्रह एनभीएस–०३ ले भारतीय क्षेत्रीय नेभिगेसन उपग्रह प्रणाली (आईआरएनएसएस) अन्तर्गत प्रदान गरिने नेभिगेसन सेवाको निरन्तरता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

रास्वपा सचिवालय बैठक : मधेसको समस्याबारे अध्ययन प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको सचिवालय बैठकमा मधेस प्रदेश र जिल्लाहरूमा देखिएका समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदन पेस भएको छ। पार्टी प्रवक्ता जगदीश खरेलले मधेस अडिटका... ...

न्यायालयका विकृति र विसंगति समाधान गर्न संसदबाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएका विकृति, विसंगति र विवाद समाधानदेखि पत्रकारमाथि भएको धरपकडको घटनासम्मका विषयमा सरकार र आफ्नै संसदीय दललाई निर्देशन दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले न्याय क्षेत्रको समग्र पुनर्संरचनाका लागि संसद्बाटै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले यसका लागि संसदीय दललाई आवश्यक निर्देशन ...

१० दिनदेखि बेपत्ता बालक मृत फेला, धानखेतमा भेटियो शव
जनकपुरधाम। दसैँको टीकाका दिन घरबाट बेपत्ता भएका धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका सात वर्षीय साकेत झा १० दिनपछि मृत अवस्थामा फेला परेका छन्। घरपरिवार, गाउँले र प्रहरीले निरन्तर खोजी गरे पनि साकेतलाई... ...

बारामा एमाले–रास्वपा भिडन्त: मोटरसाइकलमा आगजनी, प्रहरीको गोलीले १५ वर्षीय बालक घाइते
बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन कार्यक्रम राजनीतिक शक्ति प्रदर्शन र झडपको अखडा बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपले उग्र रूप लिएपछि अस्पताल परिसरमा तोडफोड, शिलालेख र टेन्टमा क्षति तथा १० वटा मोटरसाइकलमा आगजनी भएको छ । घटनामा प्रहरीको गोली लागेर एक किशोर घाइते भएका छन् भने ढुंगामुढाबाट पाँच प्रहरीसमेत घाइते भएका छन् ...


