न्यायालयका विकृति र विसंगति समाधान गर्न संसदबाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायालयमा देखिएका विकृति, विसंगति र विवाद समाधानदेखि पत्रकारमाथि भएको धरपकडको घटनासम्मका विषयमा सरकार र आफ्नै संसदीय दललाई निर्देशन दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले न्याय क्षेत्रको समग्र पुनर्संरचनाका लागि संसद्बाटै आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता जगदीश खरेलले यसका लागि संसदीय दललाई आवश्यक निर्देशन दिइसकिएको बताए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद् भएकाले न्याय क्षेत्रको पुनर्संरचनाको विषय संसद्बाटै उठाइने स्पष्ट पारे। महाअभियोगबारे सोधिएको प्रश्नमा उनले प्रक्रिया संसदीय दलमार्फत संसद्मा प्रवेश गरेपछि मात्रै त्यसको टुंगो लाग्ने बताए। त्यस्तै, बैठकले सादा पोसाकका प्रहरी न्युजरुममा प्रवेश गरी सञ्चारकर्मीमाथि धरपकड गरेको घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। प्रेस स्वतन्त्रता सुनिश्चित गर्न पनि पार्टीले सरकारलाई आग्रह गरेको छ। प्रवक्ता खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र न्युजरुममा प्रहरी प्रवेश गर्ने घटना गलत भएको बताए। ‘हिजो जुन घटना भयो, त्यसमा प्रधानमन्त्री कार्यालयले पनि आफ्नो संलग्नता नभएको बताइरहँदा बैठकले सरकारलाई स्पष्ट रूपमा यो किन, कसरी भयो र कसले गर्यो भन्ने छानबिन गर्न र दोषीमाथि कारबाही गर्न निर्देशन दिएको छ,’ उनले भने। उनले दोषीमाथि कारबाही गर्दा कुनै पनि सम्झौता नगर्न र शीघ्र कारबाही गरेर परिणाम देखाउन सरकारलाई आग्रह गरे। खरेलले रास्वपाले सामाजिक लोकतन्त्रलाई आत्मसात् गर्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रताप्रति पार्टीको प्रतिबद्धता दोहोर्याए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

प्रा सूर्य सुवेदीको नाममा स्थापित पुरस्कार ‘नेपाल्स दलित्स इन ट्रान्जिसन’ पुस्तकलाई प्रदान
लन्डन, कात्तिक १४ गते । नेपाल अध्ययनसम्बन्धी उत्कृष्ट अनुसन्धान तथा प्रकाशनलाई प्रोत्साहन गर्न स्थापना गरिएको प्रतिष्ठित ‘सुवेदी प्राइज फर द स्टडी अफ नेपाल २०२५’ ‘नेपाल्स दलित्स इन... ...
_UDRkZGoH3o.jpg)
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ। ललितपुरको बीपी नगरस्थित बीपी स्मृति भवनमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २:०० बजे बैठक आह्वान गरिएको हो। पार्टीका कार्यवाहक मुख्यसचिव... ...

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
पार्टी मुख्यालयमा शनिबार सम्पन्न सचिवालय बैठकले प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा संलग्नमाथि कुनै सम्झौता नगरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको प्रवक्ता जगदीश खरेललले जानकारी दिए । ...

सरकारी दरभन्दा सस्तोमा धान बेच्न बाध्य दाङका किसान
दाङ । दाङमा धान काटेर घरमा भण्डारण गर्ने उपयुक्त ठाउँ नभएपछि स्थानीय किसान सस्तो मूल्यमै धान बिक्री गर्न बाध्य भएका छन्। तिहार मनाउन खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यता र भण्डारणको समस्याका... ...


