भारतमा विपक्षी नेता राहुल गान्धीद्वारा नोभेम्बर १ मा ‘भोट बचाऊ’ र्यालीको आह्वान

काठमाडौं । भारतीय विपक्षी नेता राहुल गान्धीले ‘भोट बचाऊ’ र्यालीको आह्वान गरेका छन् । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र निर्वाचन आयोगमाथि मतदाता नामावलीमा धाँधली गरेको आरोप लगाउँदै नोभेम्बर १ मा नयाँ दिल्लीमा हुने ‘भोट बचाऊ, देश बचाऊ’ र्यालीमा सहभागी हुन उनले सर्वसाधारणलाई आह्वान गरेका छन् । कांग्रेस नेता गान्धीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत विद्यार्थी, किसान, श्रमिक, महिला, युवा र व्यापारीलाई रामलीला मैदानमा हुने र्यालीमा सहभागी हुन आग्रह गरेका छन् । “मतदाता नामावलीबाट सर्वसाधारणका नाम हटाइएका छन् । नियम र कानुन मिचिएका छन्,” उनले लेखेका छन्, “जनताले अब यो अत्याचार चुपचाप सहने छैनन् ।” निर्वाचन आयोगले सञ्चालन गरिरहेको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियाले योग्य मतदातालाई मताधिकारबाट वञ्चित गर्न सक्ने र भाजपालाई फाइदा पुग्ने विपक्षी दलहरूको आरोप छ । प्रारम्भिक तथ्यांकअनुसार मस्यौदा मतदाता नामावलीबाट १३ करोडभन्दा बढी नाम हटाइएको दाबी गरिएको छ । यसै महिनाको सुरुमा विपक्षी गठबन्धनले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि पदीय दुरुपयोगको आरोप लगाउँदै नयाँ दिल्लीमा प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले उनको राजीनामा माग गरेका थिए । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण र अद्यावधिक गर्न एसआईआर प्रक्रिया सञ्चालन गरिएको बताउँदै आएको छ । यसैबीच, अक्टोबर २४ मा हैदराबादमा नागरिक समाज, मानव अधिकारकर्मी, किसान, दलित, युवा तथा विद्यार्थी संगठनले मानव साङ्लो बनाएर एसआईआरविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले यस प्रक्रियाले तेलंगनाका करिब आधा मतदातालाई मताधिकारबाट वञ्चित गर्न सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले शान्तिपूर्ण प्रदर्शन नागरिकको संवैधानिक अधिकार भएको भन्दै प्रदर्शनकारीमाथि, विशेषगरी दिल्लीमा प्रहरीले गरेको बल प्रयोगको आलोचना गरेका छन् । तेलंगनामा एसआईआर प्रक्रिया जारी छ । त्यहाँको अन्तिम मतदाता नामावली नोभेम्बर ९ मा प्रकाशित गर्ने कार्यतालिका छ । डीडब्ल्यू
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

एनपीएलको उद्घाटनमा सहभागी हुँदै प्रधानमन्त्री बालेन्द्र शाह
• प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। • उद्घाटन समारोहको समय भने निश्चित भइसकेको छैन, र प्रधानमन्त्रीको सहभागिता र समय कार्यक्रमको समयमा टुंगो लगाइनेछ। • एनपीएलको उद्घाटन खेल आज बेलुका ५ बजे त्रिवि मैदान किर्तिपुरमा हुने छ, जहाँ लुम्बीनी लायन्स र सूदूरपश्चिम रोयल्स भिड्दैछन्। ...

इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु
इलाम।आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ। देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । ...

विदेशबाट आएर स्वदेशमा फूल खेती
सन्तोष दहितदाङ, कात्तिक ९ गते । तिहार नजिकिएसँगै दाङको घोराही उपमहानगरपालिका–१४, झिङ्गौरास्थित लोकेन्द्र रोकामगरको फूलबारी ढकमक्क फुलेको सयपत्री फूलले पहेँलपुर बनेको छ । फूलबारीमा... ...

सिरहाको गोलबजार घटनामा वडाध्यक्ष अनवर पक्राउ
सुनसरीको देवानगञ्ज र गोलबजारमा भएका घटनापछि अनवरविरुद्ध परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। ...


