Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमा ट्रक दुर्घटना, १२ जनाको मृत्यु

भारतमा ट्रक दुर्घटना, १२ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा ट्रक दुर्घटना, १२ जनाको मृत्यु

भारत।भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि ६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १ः३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो ओरालोमा नियन्त्रण गुमाएको थियो। ट्रकले प्रहरीका अवरोध तोड्दै तीर्थयात्रीहरूलाई ठक्कर दिएपछि मन्दिरको बाहिरी पर्खाल र ढोकामा समेत ठोक्किएको थियो। उक्त सडकमा भारी सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको थियो। दुर्घटनापछि ३९ जनालाई अस्पताल पुर्‍याइएको र तीमध्ये १२ जनाको मृत्यु भएको सिंहले जानकारी दिए। घटनामा ड्युटीमा रहेका दुई प्रहरी कर्मचारी समेत घाइते भएका छन्। ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानले उद्धारका लागि तत्काल एम्बुलेन्स र अन्य सवारीसाधन पठाइएको बताइन्। दुर्घटनाको कारण पत्ता लगाउन ट्रकको प्राविधिक परीक्षण गरिने र नवरात्रका बेला राखिएका प्रहरी अवरोध तथा जाँच चौकी पार गरेर ट्रक कसरी सडकमा प्रवेश गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिइन्। एक प्रत्यक्षदर्शीले ट्रकमा क्षमताभन्दा बढी भार रहेको दाबी गर्दै त्यसले पसल र मानिसहरूलाई ठक्कर दिएको बताए। उनका भाइ समेत दुर्घटनामा घाइते भएका छन्। –रासस /एएनआइ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी
ताजा खबरJust now

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ। विवादास्पद अभिव्यक्तिहरूका कारण सधैँ जसो चर्चामा रहने भारतीय अभिनेत्री तथा मोडल राखी सावन्त कानुनी समस्यामा परेकी छन् । भारतको उत्तर प्रदेशस्थित झाँसी अदालतले उनी विरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी... ...

रातोपाटी
ड्यानियल डुबोइसले जोगाए डब्लुबीओ हेभीवेट बक्सिङ उपाधि
ताजा खबरJust now

ड्यानियल डुबोइसले जोगाए डब्लुबीओ हेभीवेट बक्सिङ उपाधि

काठमाडौं– ड्यानियल ‘डाइनामाइट’ डुबोइसले लन्डनमा भएको विश्व उपाधि पुनर्भिडन्त (रिमेच) मा आफ्ना बेलायती समकक्षी बक्सर फाबियो वार्डलीलाई दोस्रो राउन्डमै एकपक्षीय र विनाशकारी प्रहारसहित पराजित गर्दै आफ्नो विश्व बक्सिङहेभीवेट बेल्ट सुरक्षित राखेका छन्। शनिबार एरेनामा २९ वर्षीय च्याम्पियन डुबोइसले आक्रामक सुरुवात गरे। खेल सुरु भएको १७ सेकेन्डभित्रै डुबोइसले आफ्नो दाहिने हातको सशक्त प्रहार (स्ट्रेट राइट पन्च) मार्फत वार्डलीलाई भुइँमा ढलाए, जसका कारण ...

विश्वखबर
पातलिँदै उपत्यकाको सडक, दशैँ मनाउन फर्किने बढे [फोटोफिचर]
ताजा खबरJust now

पातलिँदै उपत्यकाको सडक, दशैँ मनाउन फर्किने बढे [फोटोफिचर]

बडादशैँको आगमनसँगै काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँघर फर्किनेको क्रम बढेपछि सडकमा सवारी चाप कम हुँदै गएको छ। ...

हाम्राकुरा
नौ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ
ताजा खबरJust now

नौ क्विन्टल बढी गाँजासहित चार जना पक्राउ

सुनसरी। इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जना पक्राउ परेका छन् । उक्त टोलको हनुमान् मन्दिर नजिककै बुलबुल यादवको घरमा आज बिहान खानतलासी उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताए। इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play