Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

भारतको निर्वाचन आयोगको वेबसाइटमा मतदाताको विवरण सार्वजनिक गर्ने सुरक्षा कमजोरी सुधार: रिपोर्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतको निर्वाचन आयोगको वेबसाइटमा मतदाताको विवरण सार्वजनिक गर्ने सुरक्षा कमजोरी सुधार: रिपोर्ट
Photo / Coverage: टेक्नोलोजी खबर

भारतको निर्वाचन आयोग (ईसीआई) को वेबसाइटमा रहेको सुरक्षा कमजोरीका कारण केही मतदाताका संवेदनशील व्यक्तिगत विवरण र कागजातमा पहुँच सम्भव भएको थियो। उक्त कमजोरी पत्ता लगाएर आयोगलाई जानकारी गराएपछि त्यसलाई सुधार गरिएको रोयटर्सले जनाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार रोयटर्सले पहिलोपटक सार्वजनिक गरेको यो सुरक्षा कमजोरीको सजिलै दुरुपयोग हुन सक्थ्यो। भारतका सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशसहित केही प्रमुख राज्यमा निर्वाचन हुन केही महिनामात्र बाँकी रहेका बेला यो सुरक्षा समस्या सार्वजनिक भएको हो। यसैबीच, मतदाता सूची अद्यावधिक गर्ने विवादास्पद अभियानका कारण निर्वाचन आयोगप्रति जनआक्रोश पनि बढिरहेको छ। विपक्षी दल र अधिकारकर्मीहरूले मतदाता सूची अद्यावधिक गर्ने अभियानका कारण लाखौँ मतदाता मतदानको अधिकारबाट वञ्चित भएको र त्यसबाट प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई फाइदा पुगेको आरोप लगाएका छन्। निर्वाचन आयोगले भने सबै नियमको पालना गरेको जनाएको छ। भारतीय जनता पार्टीले भने निर्वाचनमा पराजित भएपछि विपक्षी समूहहरूले देशलाई भ्रमित पारिरहेको आरोप लगाएको छ। रोयटर्सले एक महिनाभन्दा बढी समय लगाएर गरेको निर्वाचन आयोगको वेबसाइटसम्बन्धी अध्ययनमा एउटा कमजोरी फेला पारेको थियो। मतदाताले आफ्नो खातामा लगइन गरेर स्थानीय निर्वाचन अधिकारीसँग फोनमार्फत कुराकानी गर्न अनुरोध गर्दा सामान्य ब्राउजरको डेभलपर टुल्समा रहेको नेटवर्क ट्याबमा अनलाइन मतदाता दर्ता गर्न वा आफ्नो विवरण अद्यावधिक गर्न बुझाइएको फारामको सन्दर्भ नम्बर देखिन्थ्यो। ब्राउजरमा दायाँ क्लिक गरेर डेभलपर टुल्स खोल्न सकिन्छ। ती सन्दर्भ नम्बर प्रयोग गरेर फोनमार्फत कुराकानी गर्ने समय बुक गर्दा नेटवर्क विवरणमा प्रयोगकर्ताको नाम, फोन नम्बर, इमेल, जन्ममिति र ठेगानाजस्ता व्यक्तिगत जानकारी देखिन्थे। साथै, बुझाइएका राहदानीजस्ता परिचयपत्रका कागजात रहेका फाइलको मार्ग (फाइल पाथ) समेत देखिन्थ्यो। यी विवरण ब्राउजरको मुख्य स्क्रिनमा भने देखिँदैनथे। यसले वेबसाइटको कोडमा सुरक्षा कमजोरी रहेको संकेत गर्ने भारतीय साइबर सुरक्षा अनुसन्धानकर्ता करण सैनी र एह्राज अहमदले बताएका छन्। उनीहरूले निर्वाचन आयोगको वेबसाइटमा रोयटर्सले पत्ता लगाएका कमजोरीहरू चरणबद्ध रूपमा परीक्षण गरेका थिए। अनुसन्धानकर्ताहरूका अनुसार अझ ठूलो चिन्ताको विषय ती सन्दर्भ नम्बरहरू निश्चित अनुमान गर्न सकिने ढाँचामा हुनु थियो। यसको अर्थ ह्याकरहरूले नम्बरहरू अनुमान गर्न र स्वचालित प्रणाली प्रयोग गरेर ठूलो परिमाणमा डेटा डाउनलोड गर्न सक्थे। सामान्य प्रयोगकर्ताले फोनमार्फत कुराकानीको समय बुक गर्दा यस्तो प्रक्रिया अपनाउने सम्भावना कम भए पनि साइबर अपराधीले भने यसलाई प्रयोग गर्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। उनीहरूका अनुसार अपराधीले यो प्रक्रिया स्वचालित बनाएर ठूलो परिमाणमा डेटा संकलन गरी दुरुपयोग गर्न सक्थे। रोयटर्सले अक्टोबर २६ मा पहिलोपटक आफ्नो अनुसन्धानका निष्कर्ष निर्वाचन आयोग र यसका तीन आयुक्तलाई पठाएर प्रतिक्रिया मागेको थियो। पटक–पटक अनुरोध गर्दा पनि उनीहरूले जवाफ दिएका थिएनन्। बिहीबार निर्वाचन आयोगका एक प्रवक्ताले आयोगको सूचना प्रविधि विभागलाई अनुसन्धानका निष्कर्षबारे अध्ययन गर्न भनिएको जानकारी दिए। त्यसको केही घण्टापछि नै सुरक्षा कमजोरी सुधार गरिएको थियो। रोयटर्सको पछिल्लो समीक्षा र दुई अनुसन्धानकर्ताका अनुसार व्यक्तिगत विवरण तथा फाइल पाथसहितका संवेदनशील जानकारी हटाइएको छ। सुरक्षा अनुसन्धानकर्ताहरूले पनि सुधारपछि उक्त डेटाको दुरुपयोग गर्ने सम्भावना प्रभावकारी रूपमा रोकिएको पुष्टि गरेका छन्। The post भारतको निर्वाचन आयोगको वेबसाइटमा मतदाताको विवरण सार्वजनिक गर्ने सुरक्षा कमजोरी सुधार: रिपोर्ट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि आयोजना हुने
TechnologyJust now

टेक्सास एजुकेसन नेटवर्कको ‘साइन्स एन्ड आईटी एक्जिबिसन’ मंसिर २३ देखि आयोजना हुने

काठमाडौं । टेक्सास एजुकेसन नेटवर्क तथा यसका इकाइहरूको आयोजनामा ‘साइन्स एन्ड आईटी एक्जिबिसन २०८३’ को सातौँ संस्करण आगामी मंसिर २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । काठमाडौंको मित्रपार्कस्थित टेक्सास एजुकेसन नेटवर्कको परिसरमा तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछ ।प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका ७० भन्दा बढी नवीनतम परियोजना प्रस्तुत गरिने आयोजकले जनाएको ...

आइसिटी समाचार
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
TechnologyJust now

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

१२ मंसिर, काठमाडौं। किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, […] The post किस्ट शिक्षण ...

आइसिटी फ्रेम
एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ
TechnologyJust now

एनभिडियाको पुनरागमनसँगै हुवाङ फाउन्डेसनको छलाङ, एकै दिनमा २.३ अर्ब डलर कमाइ

काठमाडौं । एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङ प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा पुन: कम्पनीको नेतृत्वमा फर्किएपछि त्यसको प्रत्यक्ष लाभ शेयरधनीलाई मात्र भएको छैन । उनकी पत्नी लोरी हुआङले सञ्चालन गर्दै आएको निजी परोपकारी संस्था ‘जेन–हसुन एन्ड लोरी हुआङ फाउन्डेसन’ को सम्पत्तिसमेत एकै दिनमा करिब २.३ अर्ब डलरले बढेको छ ।‘फर्च्युन’ का अनुसार हुआङ सीईओका रूपमा पुन: नियुक्त भएपछि एनभिडियाको शेयर ...

आइसिटी समाचार
इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम
TechnologyJust now

इन्जिनियर्स विदाउट बोर्डर्सद्वारा जुम्लामा नवप्रवर्तन कार्यक्रम

नेपाल–इन्जिनियर्स विद्आउट बोर्डर्स नेपाल (इडब्ल्युबी नेपाल) ले जुम्लास्थित कर्णाली माध्यमिक विद्यालयमा नवप्रवर्तनसम्बन्धी कार्यक्रम आयोजना गरेको छ। त्यस अवसरमा विद्यार्थीहरूमा सिर्जनशीलता, नवप्रवर्तन, व्यावहारिक सीप तथा उद्यमशील क्षमता परीक्षण गरिएको थियो। आईजात्रा शीर्षकका भएको उक्त कार्यक्रममा विद्यार्थीलाई आफ्ना सीप प्रदर्शनको अवसर पनि दिइएको थियो। विद्यार्थीहरूद्वारा विकसित नवीन उत्पादन तथा सिर्जनाहरू समेटिएका १४ ओटा प्रदर्शनी कक्ष पनि समावेश गरिएका थिए । श्रवण अपाङ्गता भएका विद्यार्थीहरूको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement