भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

उत्तराखण्ड । भारतको उत्तराखण्डस्थित चमोली जिल्लामा बेपत्ता भएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार पाइलटसहित ६ जनाकै मृत्यु भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्। बद्रीनाथबाट देहरादुनतर्फ उडिरहेको हेलिकप्टर जोशीमठ नजिकैको हाथी पर्वत क्षेत्रमा सम्पर्कविहीन भएको थियो। खोजीका क्रममा हेलिकप्टर जोशीमठ नजिकै जेपी पावर हाउस क्षेत्रको पहाडी भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। हेलिकप्टर बेपत्ता भएको जानकारी पाएलगत्तै जिल्ला प्रशासनले खोजी अभियान सुरु गरेको थियो। हेलिकप्टर पत्ता लगाउन अन्य दुई हेलिकप्टरसमेत परिचालन गरिएको थियो। दुर्घटनास्थलमा उद्धार तथा राहतका लागि प्रहरी, राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ), सेना र भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) का टोली खटाइएको छ। उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले चाई गाउँ नजिकै हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको भन्दै जिल्ला प्रशासन, विपद् व्यवस्थापन विभाग र एसडीआरएफको संयुक्त टोली उद्धारमा खटिएको बताएका छन्। उनले घटनाको अवस्थाबारे आफूले नजिकबाट निगरानी गरिरहेको पनि बताएका छन्। यसैबीच उत्तराखण्डका विभिन्न क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ। बिहीबारदेखि लगातार हिमपात भएपछि केदारनाथ धाममा यस सिजनकै पहिलो भारी हिमपात भएको छ। मौसम विभागका अनुसार आगामी केही दिन विशेषगरी पहाडी जिल्लामा वर्षा जारी रहने सम्भावना छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार, एक बेपत्ता
जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ र्याफ्ट (बचाउका लागि प्रयोग गरिने डुंगा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो । ...

एनपीएल खेल्न नपाएपछि पाकिस्तानी खेलाडी स्वदेश फर्किए
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका दुई पाकिस्तानी क्रिकेटर इफ्तिखार अहमद र हुसेन शाह स्वदेश फर्किएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता... ...

ट्याक्टर र मोटरसाइकल ठोकिँदा प्रहरी जवान चौधरीको निधन, श्रीमती घाइते
रौतहट । फतुवा विजयपुर नगरपालिका–११ स्थित दुधिअवा–बालचनपुर सडकखण्डमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोकिँदा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारामा कार्यरत प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । हिजो राति भएको सो दुर्घटनामा माटरसाइकल चालक प्रहरी जवान चौधरीको निधन भएको र गम्भीर घाइते भएकी उहाँकी धर्मपत्नी प्रहरी जवान निशा खड्काको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवं प्रहरी निरीक्षक ...

नेपाल प्रेसपछि नयाँ पत्रिकाको कार्यालयमा पनि पुग्याे प्रहरी
• नयाँ पत्रिका दैनिकको कार्यालयमा सादा पोसाकका पाँच जना प्रहरी पुगेका छन् र संवाददाता नवराज मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने बताएका छन्। • पत्रकार मैनालीलाई पक्राउ गर्ने कुनै पुर्जी नदेखाइएको छ, जबकि आजै नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। • एकै दिन दुई सञ्चारमाध्यमका पत्रकारलाई लक्षित गर्दै प्रहरीको गतिविधिले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताबारे चासो बढाएको छ। ...

