भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर। प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ। भक्तपुरवासीले धिमेबाजा बजाउँदै घरघरबाट मध्यरातिदेखि नै ब्रह्मायणीमा मेला भर्न भीड लागेको थियो। व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ। यहाँका बासिन्दाले शरीरमा बत्ति बालेर र शरीर नापेर ब्रह्मायणीसम्मको यात्राा पुरा गरेका छन्। यो परम्पराले मनोकाङ्क्षा पूरा हुने र धर्म प्राप्त हुने जनविश्वास छ। मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरी नै भव्य मेला लाग्ने गर्दछ। नेवार समुदायमा आज मोहिनी नखः गरी घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा लिएर मन्दिर जानै पर्ने परम्परा छ। ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन्। मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ। गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतिक खःमेयअर्थात् राँगोलाई मङ्गलबार साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर र तेल दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा सुरु भएको थियो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

दसैँमा काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा, तीन रुटमा सञ्चालन
काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । सार्वजनिक यातायातको उपलब्धता कम हुने समयमा यात्रुको आवागमन सहज बनाउन प्रहरीले तीनवटा रुटमा बस सेवा सञ्चालन गरेको हो । प्रहरीका अनुसार कात्तिक ३ र ४ गते सञ्चालन हुने उक्त सेवा पहिलो दिन मंगलबार दिउँसो ४ बजेदेखि सुरु गरिएको थियो । टीकाको दिन बुधबार बिहान ...

रुससँग सम्झौता नगरे युक्रेनलाई झन् गाह्रो हुने अमेरिकाको चेतावनी
Reuters संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुससँग सम्झौता गर्न युक्रेनमाथि फेरि दबाव दिएका छन्।ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा ट्रम्पले युक्रेनले युद्धको "व्यवस्थापन गर्नुपर्ने" कुरा बारम्बार दोहोर्याएका हुन्। रुससँग सम्झौता ...

‘असल बन्ने आसक्तिमा पनि दुःख हुन्छ’
पेमा वाङ्गेल पूर्वी भुटानका बौद्ध भिक्षु हुन्। उनले १७ वर्षको उमेरमा भिक्षु बन्ने निर्णय गरेका थिए। रोबिन लियो होफमान जर्मन अभिनेता, फिल्मकर्मी तथा ‘स्टिल ह्युमन : कन्भर्सेसन्स फर अ चेन्जिङ वर्ल्ड’का प्रस्तोता हुन्। नेपाल यात्राका क्रममा भेटिएका उनीहरूले काठमाडौँस्थित टेर्गार गुम्बामा यो संवाद गरेका हुन्। ‘अझ बढी सिक्नुस्, सुन्नुस् र अवलोकन गर्नुस्’ म अन्नपूर्ण पदमार्गमा यात्रा गरिरहेको थिएँ र तपाईं भिक्षुहरूसँग मनाङस्थित ...

स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा
काठमाडौँ । कुनै समय नेपाली बजारमा सुईदेखि सुनसम्म र लत्ताकपडादेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै एकछत्र राज चल्ने गर्थ्यो । ‘विदेशी ब्रान्ड’ भन्नासाथ आँखा चिम्लिएर विश्वास गर्ने र स्वदेशी उत्पादनलाई कमसल वा... ...


