Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला चौथो पटक निर्वाचितडा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला चौथो पटक निर्वाचितडा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

Share:WhatsAppFacebookX (Twitter)Telegram
ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुला चौथो पटक निर्वाचितडा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

ब्राजिल।ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित भएका छन्। निकै कडा प्रतिस्पर्धा र तनावपूर्ण चुनावमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई झिनो मतान्तरले पराजित गर्दै जित दर्ता गराएका हुन्। लगभग सबै मत गणना भइसक्दा ८० वर्षीय लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत ल्याएका छन्। ब्राजिलमा सन् १९८८ मा लोकतन्त्र पुनर्बहाली भएयता पहिलो चरणको चुनावमा पछि परेर पनि दोस्रो चरण (रन-अफ) मा जित निकाल्ने लुला पहिलो उम्मेदवार बनेका छन्। यसअघि यसै महिनाको सुरुमा भएको पहिलो चरणको मतदानमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरासमेत रहेका फ्लाभियोले अग्रता लिएका थिए। पहिलो चरणमा पराजित भएको उम्मेदवारले राष्ट्रपतिको चुनाव जित्ने सम्भावना नहुने विश्लेषकहरूको अनुमानलाई चिर्दै लुलाले राजनीतिमा अभूतपूर्व पुनरागमन गरेका हुन्। यो निर्वाचनलाई ब्राजिलको इतिहासमै निकै तिक्ततापूर्ण मानिएको थियो। चुनाव अघि लुलाले यसलाई देशको ‘सार्वभौमसत्ता’ को विषय बताउँदै ब्राजिलको झण्डा चुम्ने र अमेरिकी झण्डा चुम्ने उम्मेदवारबीचको छनोटको रूपमा अर्थ्याएका थिए। उनको यो जितले ल्याटिन अमेरिकामा पछिल्लो समय देखिएको दक्षिणपन्थी लहरलाई पनि धक्का दिएको छ। अर्जेन्टिना, चिली र कोलम्बिया जस्ता देशहरूका मतदाताले अनुदारवादी नेताहरूलाई सत्ता सुम्पिरहेको पृष्ठभूमिमा लुलाको जितलाई वामपन्थी शिविरमा ठूलो सफलताको रूपमा हेरिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

रातोपाटी
दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
ताजा खबरJust now

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर

काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

लोकपथ
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
ताजा खबरJust now

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
लिमीमा पुगेन अनुदानको खाद्यान्न
ताजा खबरJust now

लिमीमा पुगेन अनुदानको खाद्यान्न

हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play