Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैंक तथा वित्तीय क्षेत्रमा एआईबाट हुने जोखिम नियन्त्रण गर्न ग्लोबल रिसर्च ग्रान्ट घोषणा
Photo / Coverage: पर्दाफास

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)तथा साइबर सुरक्षा अनुसन्धान संस्था ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन नेपाल’ (सीएसआरआई नेपाल)ले बैंक, वित्तीय संस्था तथा बीमा (बीएफएसआई) क्षेत्रलाई लक्षित गर्दै ‘ग्लोबल एआई रिसर्च ग्रान्ट २०२६’ घोषणा गरेको छ । आधुनिक समयमा वित्तीय क्षेत्रमा एआईको तीव्र प्रयोग बढिरहेका बेला उत्पन्न नयाँ प्रकृतिका साइबर जोखिम, डेटा गोपनीयताका जटिल चुनौती तथा नियमनकारी मापदण्डको पालनालाई व्यवस्थित र न्यूनीकरण गर्ने उद्देश्यसहित यो अनुसन्धान अनुदान कार्यक्रम ल्याइएको हो । काठमाडौँमा हालै आयोजित एक कार्यक्रमका बीच संस्थाले यस ग्रान्टको उद्देश्य तथा प्राथमिकताका क्षेत्रहरू सार्वजनिक गरेको छ । संस्थाले अनुसन्धान, नियमनकारी निकाय र वित्तीय उद्योगहरूबीच त्रिपक्षीय बलियो सहकार्य स्थापित गर्दै नेपाललाई सुरक्षित, नैतिक र सबल एआई प्रविधिको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्ने दूरदृष्टि अघि सारेको छ । यस अनुसन्धान अनुदानले वित्तीय क्षेत्रका चार मुख्य आयामहरूलाई उच्च प्राथमिकतामा राखेको सीएसआरआई नेपालका अध्यक्ष डा.शालिग्राम पराजुलीले बताए । उनका अनुसार वित्तीय जोखिम न्यूनीकरण गर्न डिजिटल ठगी नियन्त्रण, ग्राहकको डिजिटल परिचय चोरी (आइडेन्टिटी थेफ्ट) रोक्न र स्वचालित रूपमा हुने वित्तीय कारोबारलाई पूर्ण सुरक्षित बनाउन एडभान्स्ड एआई मोडेलहरूको विकास गरिनेछ । त्यसैगरी, नेपालको विद्यमान नियमनकारी व्यवस्थाअनुसार ग्राहकको गोपनीयता अक्षुण राख्न ‘फेडरेटेड लर्निङ’ जस्ता आधुनिक एआई प्रविधिको प्रवद्र्धन गर्ने, अनुसन्धानमार्फत नेपालका युवा डेटा वैज्ञानिक, अनुसन्धानकर्ता र साइबर सुरक्षाविद्हरूलाई व्यावहारिक अवसर दिँदै स्वदेशी दक्ष जनशक्ति उत्पादन गर्ने तथा नेपाल राष्ट्र बैंकजस्ता नियामक निकायहरूलाई तथ्यपरक नीति निर्माणमा अनुसन्धानमा आधारित सुझाव उपलब्ध गराउने प्राथमिकता निर्धारण गरिएको अध्यक्ष डा.पराजुलीले जानकारी दिए । यो ‘ग्लोबल रिसर्च ग्रान्ट २०२६’ को कन्सेप्चुअल फ्रेमवर्क सीएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी,सिएआरई नेपालका बरिष्ठ उपाध्यक्ष प्राडा गजेन्द्र शर्मा सचिवद्वय सरला कार्की र बन्दना शर्मा,कार्यसमिति सदस्य शान्तिकला सुवेदी तथा सदस्य संगम न्यौपानेले संयुक्त रूपमा तयार पारेका हुन् । संस्थाले यस ग्रान्टअन्तर्गत मुख्य चारवटा अनुसन्धान क्षेत्र र तिनबाट हासिल हुने अपेक्षित उपलब्धिहरूलाई समेत प्रस्ट पारेको छ । पहिलो, ‘एआई थ्रेट इन्टेलिजेन्स’ मार्फत एआईमा आधारित साइबर खतराहरूको वास्तविक समयमै निगरानी गरी बैंकहरूका लागि स्वचालित खतरा पहिचान प्रणाली विकास गरिनेछ । दोस्रो, ‘डेटा गभर्नेन्स’ अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी सुरक्षित र गोपनीयता(मैत्री वित्तीय डेटा प्रशोधन ढाँचा तयार पारिनेछ । तेस्रो, ‘वित्तीय ठगी नियन्त्रण’ को क्षेत्रमा शंकास्पद कारोबारहरूको पूर्वअनुमान गरी सम्भावित वित्तीय नोक्सानी रोक्ने र ग्राहकको विश्वास बढाउने लक्ष्य लिइएको छ । चौथो, ‘नैतिक एआई’ (एथिकल एआई) मार्फत कर्जा मूल्यांकन तथा बैंकिङ सेवाहरूमा एआई प्रणालीलाई पारदर्शी, निष्पक्ष र जवाफदेही बनाइनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान
OthersJust now

नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। प्रहरी नियमावली, २०७१ को ...

पर्दाफास
नयनतारापछि रजनीकान्तको फिल्म ‘धर्मन’ मा श्रीलीलाको प्रवेश
OthersJust now

नयनतारापछि रजनीकान्तको फिल्म ‘धर्मन’ मा श्रीलीलाको प्रवेश

अभिनेता रजनीकान्त आफ्नो आगामी फिल्म ‘धर्मन’ का कारण चर्चामा छन् । केही दिनअघि अभिनेत्री नयनतारा पनि फिल्ममा जोडिएको खबर सार्वजनिक भएको थियो । अब अभिनेत्री श्रीलीला पनि फिल्मको कलाकार टोलीमा समावेश भएकी छिन् । उनले पहिलोपटक सुपरस्टार रजनीकान्तसँग पर्दा सेयर गर्नेछिन् । श्रीलीलाको हातमा अर्को ठूलो तमिल फिल्म परेको छ । उनी चाँडै रजनीकान्तको फिल्म… ...

अनलाइन खबर
सेयर बजारमा र्‍यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीति
OthersJust now

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणपछि धितोपत्र बोर्डले ल्यायो आईटी नीति

१८ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा साइबर सुरक्षाका लागि सूचना प्रविधि (आईटी) नीति लागु गरेको छ । यसअघि डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण हुँदा असोज ५ गते सेयर बजार नै बन्द गर्नु परेको थियो । यस्तो घटनापछि बोर्डले साइबर सुरक्षाका लागि आईटी नीति लागु गरेको हो । बुधबारदेखि नै लागु भएको यस नीतिमा… ...

अनलाइन खबर
अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
OthersJust now

अनसनरत डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्। मन्त्रालयले डा. केसीले राखेका मागहरूप्रति गम्भीर ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play