Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त

बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त

लन्डन । बेलायतको उत्तरी क्षेत्रमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ । आँधीका कारण आइतबार १०औं हजार घरहरू विद्युत्‌विहीन भएका छन् र यातायात सेवा अवरुद्ध भएका छन् । यो मौसममा बेलायतका आएको बोएलो दोस्रो ठूलो आँधी हो । यसअघि शुक्रबार अस्टेन नाम दिइएको आँधीले देशका दक्षिणी क्षेत्रहरूमा व्यापक प्रभाव पारेको थियो । इनर्जी नेटवक्र्स एसोसिएसनले बिहान ८ बजेसम्मको अपडेटमा ८२ हजारभन्दा बढी घरमा विद्युत् नभएको जनाएको छ । अस्टेनले पुर्‍याएको क्षतिपछि कटौती भएको विद्युत् सेवा झन्डै ३ लाख ५० हजार ग्राहकमा पुनः जडान गरिएको एसोसिएसनले जनाएको छ । आँधीका कारण भारी बर्षासहितको हुरी चल्ने चेतावनी जारी गरिएको स्कटल्यान्डमा आँधीपछि रूखहरू ढलेका, बिजुलीका खम्बा ढलेका र र क्षतिग्रस्त सडक सतहका कारण सडक र रेलवे मार्गहरू बन्द गरिएका छन् । मौसमसम्बन्धी पूर्वानुमान गर्ने निकाय मेट अफिसका अनुसार पश्चिमी स्कटल्यान्डको आर्गाइल एन्ड ब्युटमा हावाको गति १३५ किलोमिटर प्रति घण्टासम्म पुगेको थियो । स्कटल्यान्ड र उत्तरी इङ्ल्यान्डमा भारी वर्षाको चेतावनी जारी गरिएको छ । केही क्षेत्रमा ८० मिलिमिटरसम्म वर्षा हुने अनुमान छ, जसले बाढीको सम्भावना बढाएको छ । उत्तरी आयरल्यान्ड पनि प्रभावित भएको छ, जहाँ बेलफास्टबाट हुने केही उडानहरू रद्द भएका छन् । बेलफास्ट र उत्तर-पश्चिमी इङ्ल्यान्डबीच आयरिस समुद्र पार गर्ने डुङ्गा सेवा पनि अवरूद्ध बनेको छ । मेट अफिसले बोएलोबाट जोखिम रहेका क्षेत्रमा मानिसलाई सकेसम्म घरभित्रै रहन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ । एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य
ताजा खबरJust now

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०... ...

रातोपाटी
दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर
ताजा खबरJust now

दशैंमा ससुराली गएका ज्वाईंको आक्रमणबाट सासु ससुरासहित चार घाइते, श्रीमती र सालीको अवस्था गम्भीर

काठमाडौं । खोटाङमा दशैंको टीका थाप्न गएका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनालाई घाइते बनाएका छन् । धारिलो हतियार प्रहार गर्ने अरु कोही नभएर ज्वाइँ हुन् । र, ती व्यक्ति हुन् ४३ वर्षीय नइन्द्रकुमार राई ।हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा यो घटना भएको हो । ज्वाईंको आक्रमणबाट घाइते हुनेमा तुवाचुङ नगरपालिका–३ की ४० वर्षीया […] ...

लोकपथ
इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु
ताजा खबरJust now

इलाममा बोलेरो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

• इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ। • दुर्घटना आइतबार बिहान करिब ६ः३० बजे भएको र गाडी सडकबाट करिब दुई मिटर तल खसेको छ। • प्रहरीले घटनास्थलमा पुगेर जाँचबुझ गरिरहेको छ र थप अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
लिमीमा पुगेन अनुदानको खाद्यान्न
ताजा खबरJust now

लिमीमा पुगेन अनुदानको खाद्यान्न

हुम्ला समाचारदाताहुम्ला, कात्तिक ९ गते । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन बस्तीमा खाद्यान्न अभाव भएको छ । लिमीका तिल, हल्जी र जाङ बस्तीका स्थानीयले एक वर... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play