Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी । सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो । मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबिसे–बाबियाचौर खण्डको सडक मर्मत गरी आज दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चलाउन मिल्ने बनाइएको जानकारी दिए । “निरन्तर खसिरहेको पहिरो नरोकिँदासम्म मर्मत गर्न नसकिने भएकाले दसैँको समयमा जन्मथलो जाने नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले वैकल्पिक सडक सञ्चालन गरेको हो”, उनले भने । बेनी–दरबाङ सडकलाई, म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ । यसैबीच फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । पहिरो र वैकल्पिक सडकको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गैरेले स्थलगत निरिक्षण गरी यातायात सञ्चालन र सडक मर्मतका लागि सहजीकरण गरेका थिए । विसं २०५८ मा सो सडकमार्ग सञ्चालनमा आएदेखि नै पहिरोले दुःख दिने गरेको जानकारी दिँदै सदस्य गिरीले यसअघिभन्दा फरक स्थानमा पहिरोको समस्या देखिएकाले बाध्य भई वैकल्पिक मार्ग खोल्न परेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान
ताजा खबरJust now

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान

कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ । ...

कान्तिपुर
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
ताजा खबरJust now

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो।   सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ... ...

नेपालखबर
श्रीमानलाई मिर्गौला दिएकी बिन्दु आफैँ उपचारको पर्खाइमा, प्रत्यारोपणका लागि ४ लाख जुटाउन मुस्किल
ताजा खबरJust now

श्रीमानलाई मिर्गौला दिएकी बिन्दु आफैँ उपचारको पर्खाइमा, प्रत्यारोपणका लागि ४ लाख जुटाउन मुस्किल

हेटौँडा । श्रीमानको जीवन बचाउन आफ्नो एउटा मिर्गौला दान गर्नुभएकी ६० वर्षीया बिन्दु श्रेष्ठ अहिले आफ्नै जीवन बचाउन सहयोगी हातको प्रतीक्षामा हुनुहुन्छ । श्रीमानको मिर्गौला फेल भएपछि आफ्नो मिर्गौला दिएर उहाँको जीवन बचाउनुभएकी बिन्दु अहिले आफैँ मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक सहयोग जुटाउन नसकेर जीवनसँग संघर्ष गरिरहनुभएको छ । काठमाडौंको शतुङ्गलस्थित गौथली चोकनजिकै नयाँ बस्तीमा बस्दै आउनुभएकी बिन्दुको आर्थिक अवस्था ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play