श्रीमानलाई मिर्गौला दिएकी बिन्दु आफैँ उपचारको पर्खाइमा, प्रत्यारोपणका लागि ४ लाख जुटाउन मुस्किल

हेटौँडा । श्रीमानको जीवन बचाउन आफ्नो एउटा मिर्गौला दान गर्नुभएकी ६० वर्षीया बिन्दु श्रेष्ठ अहिले आफ्नै जीवन बचाउन सहयोगी हातको प्रतीक्षामा हुनुहुन्छ । श्रीमानको मिर्गौला फेल भएपछि आफ्नो मिर्गौला दिएर उहाँको जीवन बचाउनुभएकी बिन्दु अहिले आफैँ मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक सहयोग जुटाउन नसकेर जीवनसँग संघर्ष गरिरहनुभएको छ । काठमाडौंको शतुङ्गलस्थित गौथली चोकनजिकै नयाँ बस्तीमा बस्दै आउनुभएकी बिन्दुको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । उहाँ नियमित डायलाइसिस गराउँदै आउनुभएको छ । पछिल्लो समय छातीमा पानी जमेको र थप उपचारका लागि रकम आवश्यक परेको उहाँले बताउनुभयो । कुनै समय सम्पन्न परिवारमा रहनुभएकी बिन्दुले ऋण तिर्न नसकेपछि करिब चार वर्षअघि आफ्नो घर बेच्नुपरेको बताउनुभयो । अहिले उहाँ त्यही घरको एउटा कोठामा भाडामा बस्दै आउनुभएको छ । तर, आर्थिक अभावका कारण महिनौँदेखि घरभाडासमेत तिर्न नसकेको उहाँको गुनासो छ । श्रीमानको जीवन बचाउन आफ्नै मिर्गौला दान गर्नुभएकी बिन्दु अहिले उहाँबाट अलग्गिएर बस्न बाध्य हुनुहुन्छ । उहाँका श्रीमान अहिले आफ्नी जेठी श्रीमतीसँग बस्दै आउनुभएको छ । श्रीमान पनि मिर्गौला रोगबाट पीडित भएर बिरामी अवस्थामा रहेको बिन्दुले बताउनुभयो । हाल बिन्दु आफ्नी एक्ली छोरीसँग बस्दै आउनुभएको छ । छोरीले आमालाई मिर्गौला दान गर्न सक्ने भए पनि प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा उपचार अघि बढाउन समस्या भइरहेको उहाँले बताउनुभयो । बिन्दुका अनुसार मिर्गौला प्रत्यारोपणका लागि करिब चार लाख रुपैयाँ आवश्यक छ । तर, आर्थिक अवस्था कमजोर भएकाले उक्त रकम जुटाउन आमाछोरीलाई कठिन भइरहेको छ । छोरी आफैँ पनि काम गरेर आमाको उपचार खर्च जुटाउन सक्ने अवस्थामा हुनुहुन्न । आमाछोरीलाई दैनिक छाक टार्नसमेत समस्या भइरहेको बिन्दुले बताउनुभयो । औषधि उपचार, घरभाडा र दैनिक जीवनयापनका लागि आवश्यक रकम अभाव हुँदा आफूहरू थप संकटमा परेको उहाँको गुनासो छ । श्रीमानको जीवन जोगाउन आफ्नो शरीरको एउटा महत्त्वपूर्ण अङ्ग दान गर्नुभएकी बिन्दु अहिले आफ्नै जीवन जोगाउन अरूको सहयोगको प्रतीक्षामा हुनुहुन्छ । नियमित उपचार र मिर्गौला प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा उहाँको स्वास्थ्य उपचार प्रभावित भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहनुभएकी बिन्दुलाई समयमै सहयोग जुट्न सके उपचार अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ । सहयोगका लागि अपिल बिन्दु श्रेष्ठको उपचार, औषधि तथा दैनिक जीवनयापनका लागि सहयोग गर्न चाहने व्यक्ति, सङ्घसंस्था तथा सहयोगी मनहरूले ९८४१०१२५६५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

बारामा भारतीय स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते
बारा । बाराको महागढीमाई नगरपालिका–१ हुलाकी राजमार्गस्थित प्लाई फ्याक्ट्री चोकमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आइतबार बिहान बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर १९ जी ९९२१ को स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ...

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एकै दिनमा ९ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङको ...

चीनमा शासन चुनौतीहरू बढ्दै जाँदा सी जिनपिङले प्रान्तीय नेतृत्वमा फेरबदल
सीको पकड बलियो हुँदै, तर शासन सञ्चालनमा जोखिम बढ्दै ...

चीन र एआईसँग विश्वका ठुला वित्तीय शक्ति किन छन् चिन्तित ?
काठमाडौँ । विश्वको अर्थव्यवस्था भविष्यमा कुन दिशातर्फ जान्छ भन्ने विषयलाई लिएर एक प्रकारको खिचातान चलिरहेको छ । दुई शक्ति एक अर्काको बिल्कुल विपरीत काम गरिरहेका छन् । एकातिर ऊर्जा संकट, व्यापारिक... ...


