Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी। दसैँको टीकापछि म्याग्दीका प्रमुख पर्यटकीय स्थलमा पर्यटकको आगमन बढ्न थालेको छ। अनुकूल मौसम र बेनी–जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएसँगै घोडेपानी, पुनहिल, गलेश्वर, रुप्से झरना तथा तातोपानी कुण्डमा पर्यटकको चहलपहल बढेको हो। कालीगण्डकीको बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलेपछि मुस्ताङ जाने आन्तरिक पर्यटकको संख्या बढेको स्थानीय व्यवसायीले बताएका छन्। दसैँ–तिहारको बिदामा पदयात्रा र भ्रमणका लागि आउने पर्यटक बढ्ने उनीहरूको अपेक्षा छ। अन्नपूर्ण आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा पनि पर्यटकको आगमन सुरु भएको छ। भुरुङ्ग–तातोपानीका व्यवसायी काजी थापाका अनुसार बिहीबार मात्रै करिब एक सय ५० आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरतर्फ गएका थिए। बाढीले क्षति पुर्‍याएको सिंगा तातोपानी कुण्ड मर्मतपछि सञ्चालनमा आएको छ। घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्गसमेत सुरक्षित रहेको व्यवसायीले बताएका छन्। पर्यटकीय याम सुरु भएसँगै बेनी–जोमसोम सडकलाई सहज बनाउने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ। क्षतिग्रस्त सडक र पदमार्गको पुनर्निर्माणलाई तीव्रता दिन सके म्याग्दी र मुस्ताङको पर्यटन व्यवसाय पुरानै लयमा फर्किने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
ताजा खबरJust now

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर

स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर ...

हाम्राकुरा
बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर
ताजा खबरJust now

बहुपक्षीयताबाट क्षेत्रीय सहकार्यतर्फको यात्रा : अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबिच रोचक प्रश्नोत्तर

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबिच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको... ...

रातोपाटी
वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद
ताजा खबरJust now

वाग्ले–जयशंकरबीच विश्व सहकार्यबारे रोचक संवाद

काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ। भारतीय टेलिभिजन च्यानल एनडिटीभीले आयोजना गरेको ‘एनडीटीभी वल्र्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे छलफल भएको हो। समिटको ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ शीर्षकको ...

नेपालन्युज
पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन
ताजा खबरJust now

पोखराले भित्र्यायो तेस्रो बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दिन

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ। पोखराले तेस्रो एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रा बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौँ विदेशी खेलाडी हुन्। पोखराले यसअघि नै बंगलादेशका चर्चित अलराउन्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ। यस्तै श्र... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play