Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बेनी–जोमसोम सडक मर्मतपछि पर्यटकको चहलपहल बढ्यो

बेनी–जोमसोम सडक मर्मतपछि पर्यटकको चहलपहल बढ्यो

10/23/2026, 9:13:44 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बेनी–जोमसोम सडक मर्मतपछि पर्यटकको चहलपहल बढ्यो

म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ। अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउन आएका पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको हो। घोडेपानी, पुनहिल, खोपारा, सिङ्गा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से र गलेश्वर लगायतका पर्यटकीय स्थलमा बिहीबारदेखि पर्यटकको आगमन सुरु भएको स्थानीय व्यवसायीहरूले बताएका छन्। बेनी नगरपालिका–९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले दसैँको टिकालगत्तै पर्यटक आगमन बढेको बताए। ‘असोज दोस्रो साता कालीगण्डकीमा आएको बाढीका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा शून्यप्रायः बनेको पर्यटक आगमन बिहीबारदेखि बढ्न थालेको छ, उनले भने, मर्मतपछि मुस्ताङ जोड्ने सडकमा यातायात सञ्चालन भएकाले दसैँ–तिहारको बीचमा पर्यटक आगमन बढेर थलिएको व्यापार-व्यवसाय चलायमान हुने अपेक्षा गरेका छौँ।’ असोज ८ देखि ११ गतेसम्मको निरन्तर झरीपछि पहिरो र कालीगण्डकीको बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोज अन्तिम सातादेखि सञ्चालनमा आएको हो। विगतका तथ्याङ्कअनुसार शरद्यामको असोज–कात्तिक महिनामा म्याग्दीमा सबैभन्दा धेरै विदेशी पर्यटक आगमन हुने गर्छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय स्थल घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकीको बाढीका कारण विगतका वर्षका तुलनामा विदेशी पर्यटक आउन नसके पनि दसैँ–तिहारको बिदा मनाउन पदयात्राका लागि आन्तरिक पर्यटकहरूको प्रतीक्षामा रहेको बताए। “घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्ग सुरक्षित छ,” उनले भने, “बाढीपहिरोले क्षति पुगेको सडक र पदमार्ग मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने बनाइएकाले पर्यटक आगमन बढ्ने अपेक्षा छ।” घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुद्री सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिल सूर्योदय, हिमशृङ्खला र पदयात्राका लागि अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य मानिन्छ। पदयात्राका साथै बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानी कुण्ड प्राकृतिक उपचार र अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ्ग–तातोपानी कुण्ड पर्यटकीय हिसाबले परिचित छन्। म्याग्दी नदीको बाढीले क्षति पुगेको सिङ्गा तातोपानी कुण्ड मर्मतपछि असोज अन्तिम सातापछि सञ्चालनमा ल्याइएको छ। अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा र मुस्ताङ जाने–आउने पर्यटकहरूको थकान मेटाउने थलोका रूपमा विकसित अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी र पाउद्धार तातोपानी कुण्ड सुरक्षित रहेका छन्। भुरुङ्ग–तातोपानीका सञ्चालक प्रितम पुर्जाले करिब एक महिनापछि पर्यटक आगमन हुन थालेको बताए। भुरुङ्ग–तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दु हो। म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको यो पदमार्ग पनि विपद्बाट जोगिएको छ। भुरुङ्ग–तातोपानीका होटल व्यवसायी काजी थापाका अनुसार बिहीबार करिब १५० जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन्। रुप्से झरना परिसरमा चियापसल सञ्चालन गर्दै आएकी छुमा पाइजाले करिब एक महिनापछि पर्यटकको चहलपहल सुरु भएको बताइन्। चितवनका रमेश पाण्डेले दसैँ बिदा मनाउन मुस्ताङ भ्रमणमा आएको बताए। बस, जिप, मोटरसाइकल लगायतका सवारी साधनमा सहज रूपमा म्याग्दी हुँदै मुस्ताङ भ्रमणमा जान सकिने उनले जनाए। मर्मतमा जस्तै क्षतिग्रस्त सडक र पदमार्गहरूको पुनःनिर्माणलाई तीव्रता दिन सके म्याग्दी र मुस्ताङको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सकिने अपेक्षा गरिएको छ। बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले पर्यटकीय याम भएकाले सडक मर्मत गरी सहज रूपमा यातायातका साधन सञ्चालन गर्ने वातावरण बनाउन काम भइरहेको जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

इजरायलमा वामपन्थ र दक्षिणपन्थको अर्थ के हो ? विपक्षी को हो ?
OthersJust now

इजरायलमा वामपन्थ र दक्षिणपन्थको अर्थ के हो ? विपक्षी को हो ?

कुनै समय प्यालेस्टिनीहरूसँग वार्ता, सम्झौता र दुई छुट्टाछुट्टै राष्ट्रको अवधारणालाई समर्थन गर्ने इजरायली वामपन्थी दलहरूको प्राथमिकतामा समेत परिवर्तन देखिएको छ । यस्तो अवस्थामा नेतन्याहुको सत्ता गुमे पनि प्यालेस्टिनीहरूको जीवनमा उल्लेख्य परिवर्तन आउने सुनिश्चितता छैन । ...

अनलाइन खबर
दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना घट्यो
OthersJust now

दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना घट्यो

६ कात्तिक, काठमाडौं । यस वर्षको दशैंमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको तथ्यांक अनुसार गत वर्षको दशैंमा १५५ वटा सवारी दुर्घटना भएकामा यस वर्ष १०५ वटा दुर्घटना भएका छन् । यसअनुसार गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको संख्या ५०… ...

अनलाइन खबर
लुम्बिनी विकास कोषमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी
OthersJust now

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी

संघर्ष समितिका राजकुमार यादव भन्छन्, ‘आनीको नियुक्ति बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाको भावना, चाहना र स्वाभिमानमाथिको आघात हो ।’ ...

अनलाइन खबर
पहिलो सिजनजस्तै चर्चा र लयको खोजीमा कर्णाली याक्स
OthersJust now

पहिलो सिजनजस्तै चर्चा र लयको खोजीमा कर्णाली याक्स

पहिलो सिजन शिखर धवन अनुबन्ध गरेर चर्चा बटुलेको कर्णाली प्लेअफमा पनि पुगेको थियो । दोस्रो सिजन भने लयमा नदेखिएको कर्णाली लिग चरणमा छैटौं भयो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play