Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

बेथानचोककाे खानी सञ्चालनमा रोक

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेथानचोककाे खानी सञ्चालनमा रोक
Photo / Coverage: केन्द्रबिन्दु

काभ्रे । बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालनमा रोक लगाइएको छ । बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनाका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म खानी सञ्चालन गर्न नपाइने निर्णय गरिएको छ । गाउँपालिकाले तयार पारेको स्थलगत छानबिन प्रतिवेदन र प्रभावित क्षेत्रका स्थानीयवासीसँगको छलफलका आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार उद्योगबाट निस्किएको फोहोर अव्यवस्थित रूपमा थुपारिएका कारण भारी वर्षा पछि बगेर बस्तीमा पस्दा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । गत कात्तिक १२ देखि १४ गतेसम्म भएको वर्षाका कारण कात्तिक १४ गते बिहान बस्तीमा ढुङ्गा, माटो र गेग्रान पसेको थियो । उक्त घटनाबाट सेते तामाङ, पोतेबहादुर तामाङ, हर्कबहादुर तामाङ, पुष्पामाया तामाङ, जगतबहादुर तामाङ र सुमन तामाङका घर पूर्ण रूपमा क्षति भएको थियो । बाढीले खानेपानीको मुहान तथा पाइपलाइन र विद्युत्का पोलमा क्षति पुगेको थियो । घटनामा मानवीय तथा पशुचौपायाको क्षति भने नभएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।अध्यक्ष अधिकारीले समितिले प्रभावित परिवारलाई गाउँपालिकाले निर्धारण गरेअनुसारको क्षतिपूर्ति उपलब्ध गराउन र उद्योगबाट निस्किएको ढुङ्गा तथा अन्य फोहोर जन्य सामग्रीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । क्षतिपूर्ति र फोहोर व्यवस्थापनको काम पूरा नभएसम्म खानी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको उनले बताए । गाउँपालिकाबाट पुनः अनुमति नलिई उद्योग सञ्चालन गरेमा बन्द गराई कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई पनि निर्देशन दिइएको छ । समितिले खहरेखोलाको किनारमा सिमेन्टको पर्खाल निर्माण गर्ने वा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विकल्पमा आवश्यक समन्वय गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए । यसैबीच, गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रदेश मन्त्रालयमा पठाउने निर्णय भएको छ । समितिको उक्त बैठक कात्तिक १८ गते बसेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तेस्रो जितपछि लुम्बिनीको प्लेअफ होड बलियो
Latest NewsJust now

तेस्रो जितपछि लुम्बिनीको प्लेअफ होड बलियो

काठमाडाैँ । उत्कृष्ट बलिङले निरन्तरता दिँदा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरमा भएको आफ्नो चौथो खेलमा पनि उत्कष्ट बलिङ साथ पाउँदा लुम्बिनीले जनकपुर बोल्ट्समाथि १६ रनको जित रचेको हो । चौथो खेलसम्म अपराजित लुम्बिनीले प्लेअफको सम्भावना पनि बलियो बनाएको छ । चार खेलबाट लुम्बिनी सात अंक जोड्दै शिर्ष स्थानमा छ ...

टक्सार
पत्रकार महासङ्घले गर्‍यो चरणबद्ध आन्दोलनको घोषणा
Latest NewsJust now

पत्रकार महासङ्घले गर्‍यो चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको संरक्षणका लागि पापडलाई सक्रिय बनाई चरणबद्ध आन्दोलनको घोषणा गर्ने भएको छ। मिडिया काउन्सिल विधेयक आम सञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा विषयमा... ...

रातोपाटी
क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
Latest NewsJust now

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

एजेन्सी । पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिएका छन् । योसँगै पुर्तगालको राष्ट्रिय टोलीबाट उनको दुई दशक लामो ऐतिहासिक खेल यात्राको अन्त्य भएको छ । ४० वर्षीय... ...

रातोपाटी
लुम्बिनीको अपराजित यात्रा कायमै
Latest NewsJust now

लुम्बिनीको अपराजित यात्रा कायमै

काठमाडौं।जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गर्दै आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो। पछिल्लो जितसँगै ४ खेलमा ७ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ। साविक विजेता समेत रहेको लुम्बिनीले यसअघि पहिलो खेलमा सुदुरपश्चिम रोयल्सलाई ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play