बिक्रीमा जमरा

काठमाडौं।बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट टीका र जमरा लगाइन्छ। आजका दिन नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीकासँगै जमरा पनि लगाउने गरिन्छ। जमरालाई समृद्धिको प्रतीकका रूपमा लिने गरिन्छ। त्यसैले पनि दसैंमा टीकासँगै फूलको सट्टा टीका लगाउने प्रचलन रही आएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको थियो। तर पनि नागरिकले बिहान दुर्गा विसर्जनपछि टीका लगाउन सुरु गरेका थिए। आज टीकाका दिन बिहान काठमाडौंका कतिपय स्थानमा जमरा बिक्रीका लागि राखिएको पनि देखियो। काठमाडौंको स्वयम्भूस्थित भगवान पाउमा केही व्यक्तिले घरैमा उमारेका जमरा बिक्रीका लागि राखेका थिए। यसो हेर्दा जमरा पनि बिक्री होला र भन्ने लागे पनि मानिसहरुले जमरा खरिद गरिरहेका पनि थिए। दसैंमा जमरा लगाउनु समृद्धिको प्रतिक मानिने भएकाले घटस्थापनाका दिन नै देवीको आह्वान गरेर जलको घडासँगै जमरा राख्ने प्रचलन छ। जमरा पहेंलो राम्रो हुने भएकाले घर या व्यक्तिका निवासका घाम नपर्ने र चोखो कुनामा या पूजा कोठा तथा स्थानमा जमरा राख्ने गरिन्छ । दसैंमा जमरा राखिएको स्थानलाई जमरा घर पनि भन्ने प्रचलन छ। यसरी राखिएको जमरा आज दसैंका दिन टीकासँगै लगाउने गरिन्छ। नवदुर्गाको आह्वान गरी घटस्थापना गरिएको स्थानमा राखिएका जमरा कोजाग्रत पूर्णिमासम्म नै लगाउने प्रचलन छ। कतिपयले यसरी जमरा राख्न नपाएका तथा डेरामा बस्ने मानिसका लागि जमरा राख्ने स्थान अभाव पनि हुन सक्ने भएकाले उनीहरुका लागि यसरी बिक्रीमा राखिएको जमरा उपयोगी हुने देखिन्छ। भगवान पाउमा जमरा किन्न पुगेका स्वयम्भूका रुपेश आचार्यले घरमा सुतक परेकाले घटस्थापनाका दिन जमरा राख्न नपाएकाले आफू जमरा किन्न आएको बताए। उनले भने, “यसरी जमरा पनि बिक्रीका लागि राखिएको हुन्छ भन्ने कुरा मलाई थाहा थिएन तर छिमेकीले पनि यसैगरी किनेर लगेको जानकारी गराएपछि किन्न आएको हुँ।” उनले आफूलाई जस्तै सजिलो अरु धेरैलाई भएर होला बिहानै आएर जमरा किनेर लगेको देखेको पनि बताए। झ्वाट्ट हेर्दा जमरा पनि बिक्रीका लागि राखिएको भनी कतिपयले अनौठो लागेको बताइरहेका थिए भने कतिले यसलाई स्वभाविक र सजिलो भनेका थिए। विविध कारणले अप्ठेरो परेका, घटस्थापनाका दिन जुठो या सुतक परेर जमरा राख्न नपाएका तथा आफ्ना बासस्थानमा स्थान अभाव भएका व्यक्तिका लागि यसरी जमरा किनेर लगाउन पाउनु पनि सजिलै हुने देखिन्छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जब ट्रम्पलाई भान्सकै अगाडि सोधियो- उनलाई राष्ट्रपति उम्मेदवारमा समर्थन गर्नुहुन्छ?
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उत्तराधिकारी (आगामी राष्ट्रपति) बारे अहिले छलफल गर्नु हतार हुने बताएका छन्। मंगलबार ओभल अफिसमा पत्रकारहरूले ट्रम्पलाई सोधे, ‘उपराष्ट्रपति जेडी राष्ट्रपतिको उम्मेदवार बने भने तपाईं उनलाई समर्थन गर्नुहुन्छ कि हुन्न? रोचक कुरा के छ भने ट्रम्पलाई यो प्रश्न गर्दा भान्स उनको ठिक पछाडि उभिरहेका थिए। त... ...

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका
नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र परम्पराप्रति उत्साह देखाउँदै हर्षोल्लासका साथ बडादसैँको टीका र जमरा लगाएका छन्। नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले ठमेलस्थित काठमाडौँ इको होटलमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन्। नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विश... ...

दसैँको टीकापछि लिङ्गे पिङमा रमाउँदै सर्वसाधारण
काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमीमा टीका तथा जमरा ग्रहण गरेपछि लिङ्गे पिङ खेल्ने परम्पराले निरन्तरता पाएको छ । दसैँको उल्लाससँगै देशका विभिन्न स्थानमा बालबालिकादेखि वृद्धवृद्धासम्म पिङ खेलेर रमाइरहेका छन् । ‘दसैँमा एक पटक भए पनि धर्ती छोड्नुपर्छ’ भन्ने जनविश्वासअनुसार टीका लगाएपछि पिङ खेल्ने चलन नेपाली समाजमा लामो समयदेखि रहँदै आएको छ । यही परम्परालाई निरन्तरता दिँदै गाउँघर ...

भक्तपुरमा मोहनी नखःको रौनक
भक्तपुर।भक्तपुरका नेवार समुदायले आज मोहनी नखः उल्लासमय रूपमा मनाएका छन्। विजयादशमीका दिन मान्यजनको हातबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरी उनीहरूले मोहनी नखः मनाएका हुन्। यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पूजा गर्ने क्रममा महानवमीका दिन घरघरमा पालामा दियो बालेर त्यसलाई अर्को पालाले छोप्ने गर्छन्। यसरी जम्मा भएको कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग ...


