Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

बालेन्द्र साहको भारत भ्रमण ‘दृश्यात्मक पक्ष र आश्वासनमा राम्रो, ठोस उपलब्धि शून्य’ : प्राध्यापक एसडी मुनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन्द्र साहको भारत भ्रमण ‘दृश्यात्मक पक्ष र आश्वासनमा राम्रो, ठोस उपलब्धि शून्य’ : प्राध्यापक एसडी मुनी
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ८ । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई दृश्यात्मक पक्ष र आश्वासनका हिसाबले राम्रो देखिए पनि ठोस उपलब्धि हासिल हुन नसकेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणबारे आफ्नो धारणा सार्वजनिक गर्दै प्राध्यापक मुनीले भ्रमणका क्रममा प्रस्तुत गरिएका प्रतिबद्धता र कूटनीतिक गतिविधि अपेक्षाअनुरूप भए पनि ठोस परिणाम दिने खालका कुनै उपलब्धि हासिल नभएको विश्लेषण गर्नुभएको हो । उहाँले भ्रमणको समग्र मूल्याङ्कन गर्दै भन्नुभएको छ, “बालेनको भारत भ्रमण दृश्यात्मक पक्ष र आश्वासनका हिसाबले राम्रो रह्यो । सारभूत विषयमा अपेक्षा गरिएअनुसार नै रह्यो । कुनै ठोस उपलब्धि हासिल भएन, तर ठोस परिणामका विषयमा दुवै पक्षलाई स्वीकार्य हुने अवस्था देखियो ।” प्राध्यापक मुनीले भ्रमणका क्रममा सार्वजनिक गरिएको भिजन डकुमेन्टलाई भारतको कूटनीतिक रणनीतिको एउटा औजारका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार हो । यसको कार्यान्वयन नेपाल र भारतबिचको राजनीतिक वातावरणमा निर्भर रहनेछ ।” यस भनाइमार्फत उहाँले दुई देशबीच भएका सहमति, प्रतिबद्धता र प्रस्तुत योजनाहरूको वास्तविक कार्यान्वयन राजनीतिक सम्बन्धको अवस्थाले निर्धारण गर्ने सङ्केत गर्नुभएको छ । त्यस्तै, भारतले बागडोगरा जाने उडानका लागि नेपालको हवाई क्षेत्र प्रयोग गर्न गरेको आग्रहलाई पनि प्राध्यापक मुनीले महत्त्वपूर्ण सुरक्षा संवेदनशीलतासँग जोडेर हेर्नुभएको छ । उहाँका अनुसार भारतको उक्त माग सामान्य हवाई उडानको विषयमा मात्र सीमित थिएन । उहाँले यसबारे टिप्पणी गर्दै भन्नुभएको छ, “बागडोगरा जाने उडानका लागि भारतले नेपालको हवाई क्षेत्र माग्नुको उद्देश्य चीनसँग सम्बन्धित भारतको सुरक्षा संवेदनशीलताप्रति नेपालको प्रतिक्रिया परीक्षण गर्नु थियो । कम्तीमा अहिलेसम्मका लागि नेपाल यस विषयमा सहकार्य गर्न तयार देखिएको छैन ।” प्राध्यापक मुनीको यो टिप्पणीले नेपालको हवाई क्षेत्र प्रयोगसम्बन्धी भारतीय चासो र त्यसमा नेपालको सम्भावित सुरक्षा दृष्टिकोणलाई उजागर गरेको छ । उहाँले नेपाल तत्काल उक्त विषयमा भारतलाई सहयोग गर्न तयार नरहेको सङ्केत गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सात महिनापछि होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्बासी, अब कहाँ जाने ?
PoliticsJust now

सात महिनापछि होल्डिङ सेन्टरबाट पनि हटाइँदै सुकुम्बासी, अब कहाँ जाने ?

नदी किनारका बस्तीबाट विस्थापित गरिएका परिवारलाई अस्थायी आश्रय दिएको सरकारले होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू थप त्रास र तनावमा छन् ।  सात महिनाअघि काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीबाट विस्थापित गरिएका सुकुम्बासीहरू फेरि आवासको अनिश्चिततामा परेका छन् । सरकारले अस्थायी बसोबासका लागि व्यवस्था गरेको भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरसमेत खाली गर्न निर्देशन दिएपछि उनीहरू विरोधमा उत्रिएका हुन् । भक्तपुर प्रशासनले शुक्रबार ...

फरकधार
महाकालीको मोटरेबल पुल सञ्चालनमा, तुइनको बाध्यता हट्यो
PoliticsJust now

महाकालीको मोटरेबल पुल सञ्चालनमा, तुइनको बाध्यता हट्यो

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा मंसिर ७ गते प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेसँगै महाकाली नदीमाथिको दार्चुलाको असिगडा र भारत दार्चुलाको छारछुम मोटरेबल पुल सञ्चालनमा आएको छ ।  पुल सञ्चालनमा आएपछि सीमावर्ती बासिन्दाको वर्षौंदेखि महाकाली नदी वारपार गर्न तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ११० मिटर लामो दुई लेनको ...

फरकधार
भारतबाट चौबिसै घण्टा १५० मेगावाट विद्युत् आयात गर्ने तयारी, प्राधिकरणले माग्यो प्रस्ताव
PoliticsJust now

भारतबाट चौबिसै घण्टा १५० मेगावाट विद्युत् आयात गर्ने तयारी, प्राधिकरणले माग्यो प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्न भारतीय विद्युत् व्यापारिक कम्पनीहरूसँग प्रस्ताव मागेको छ । प्राधिकरणले चौबिसै घण्टा (राउन्ड द क्लक-आरटीसी) विद्युत् आपूर्ति गर्ने गरी प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत विद्युत् खरिद गर्न भारतीय कम्पनीहरूसँग प्रस्ताव मागेको हो । प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गर्दै भारतका क्याटागोरी-१, २ र ३ अन्तर्गतका विद्युत् व्यापारिक अनुमतिपत्र प्राप्त कम्पनीले प्रस्ताव पेस गर्न सक्ने जनाएको ...

फरकधार
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल
PoliticsJust now

राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement