Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

Share:WhatsAppFacebookX (Twitter)Telegram
समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत
Photo / Coverage: केन्द्रबिन्दु

नोम पेन्ह । कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री क्षेत्रको भौगोलिक अवस्था बुझ्न संयुक्त राष्ट्रसङ्घीय आयोगलाई दुवै देशका तट तथा सम्बन्धित टापुहरूको स्थलगत भ्रमण गर्न अनुमति दिने सहमति गरेका छन् । समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (युएनसीएलओएस) अन्तर्गतको मेलमिलाप आयोगसँग मलेसियाको क्वालालम्पुरमा भएको चारदिने तेस्रो बैठकपछि दुवै देशले यस्तो सहमति गरेका हुन् । बैठकका क्रममा समुद्री सीमा निर्धारणसँग सम्बन्धित प्राविधिक विषयमा काम गर्न दुवै देशका विज्ञ र आयोगका सदस्यहरू सम्मिलित संयुक्त प्राविधिक कार्यदल गठन गरिएको थियो । बैठकपछि जारी विज्ञप्तिमा सम्बन्धित टापु र दुवै देशका तटहरूको भ्रमणले विवादित क्षेत्रको भौगोलिक अवस्था तथा त्यससँग जोडिएका विशिष्ट परिस्थितिबारे आयोगलाई थप जानकारी प्राप्त हुने उल्लेख गरिएको छ । कम्बोडियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री प्राक सोखोन्नेले क्वालालम्पुर बैठकमा भएको प्रगतिलाई दुवै देशका लागि सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन्। उनले कम्बोडिया र थाइल्यान्ड सधैँ छिमेकी रहने भएकाले आपसी सहकार्य र समझदारी महत्त्वपूर्ण रहेको बताए । त्यसैगरी, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासाक फुआंगकेटकोले समुद्री सीमा विवाद समाधानका लागि थाइल्यान्डले मेलमिलाप प्रक्रियामा रचनात्मक सहभागिता जनाइरहने बताएका छन् । उनले दुई देशबीचको समुद्री सीमा निर्धारणमा निरन्तर प्रगति हुने आशा व्यक्त गरे । -सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाँदै
Latest NewsJust now

प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाँदै

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न जाँदैछन्। शाहकी प्रेस संयोजक दिपा दाहालले प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न जाने तय भएको रातोपाटीलाई जानकारी दिइन् । भेटमा थप अध्यादेश लैजाने र... ...

रातोपाटी
अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछौँ: मन्त्री वादी
Latest NewsJust now

अस्थायी कर्मचारी र शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँछौँ: मन्त्री वादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने नीतिगत आधार तयार गरेको बताएकी छन्। नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सामाजिक सुरक्षामन्त्री बादीले क्रमशः प्रदेश सरकार र स्थानीय तहसँग... ...

नेपालखबर
विदेश पठाइदिने भन्दै लाखौं ठगेको आरोपमा सिरहाका सन्तुलन यादव पक्राउ
Latest NewsJust now

विदेश पठाइदिने भन्दै लाखौं ठगेको आरोपमा सिरहाका सन्तुलन यादव पक्राउ

सिरहाको मिर्चैयाका सन्तुलनकुमार यादवविरुद्ध पीडितले जाहेरी दिएपछि अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement