बालाेन डी’ओर जित्ने पहिलाे इङ्लिस फुटबलर बने ह्यारी केन

काठमाडौं – इङ्गल्यान्डका हेरी केनले फुटबलको प्रतिष्ठित बालोन डी ओर अवार्ड जितेका छन् । सन् २००१ मा माइकल ओवेन पछि सो अवार्ड पाउने उनी पहिलो इङ्लिस खेलाडी हुन् । उनी कुल पाँचौँ इङ्लिस खेलाडी हुन् । यस अघि सन् १९५६ मा स्टेन्ले म्याथ्युज, १९५६ मा बबी चार्लटन र केभिन किगानले सन् १९७८ र १९७९ मा सो प्रतिष्ठित अवार्ड पाएका थिए । ३३ वर्षीय केनले अवार्ड जित्ने क्रममा रिल म्याड्रिडका फ्रान्सेली फरवार्ड केलिएन एम्बाप्पेलाई दोस्रो स्थानमा छाडे । स्पेन तथा बार्सिलोनाका युवा स्टार लमिन यामल तेस्रो स्थानमा रहे ।‘ मैले जीवनमा धेरै आरोह र अवरोह सहेको छु । यस कारण मेरा अन्य सुपर स्टार झैँ म पनि कुनै दिन त्यस्तै हुन्छु भन्ने लागेको पनि थिएन ।’ अवार्ड जिते पछि केनले भने । इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले यो अवार्डका कारण आफूहरू खसी भएको बताए । केनले गत सिजनमा वायरन म्युनिखका लागि खेलेका ५१ खेलमा ६१ गोल गरे । राष्ट्रिय टोलीबाट समे गरेर कुल ६५ खेलमा ७३ गोल गरे । यो प्रतिष्ठित अवार्ड जिते पनि गएको सिजनमा उनको क्लब र राष्ट्रिय टोली दुवै सेमिफाइनलमा पराजित भएका थिए । सन् १९८१ मा कार्ल हेन्ज रुमिनिगे पछि उनी बालोन डोर अवार्ड जित्ने पहिलो वायरन खेलाडी भने बने । पाउटेलालाई तेस्रो पटक उपाधि स्पेनकी एलेक्सिया पाउटेला तेस्रो पटक उपाधि जित्न सफल भएकी छिन् । सन् २०२५ र २६ को सिजनका लागि डबलुएसएल खेल्न ल८न जानु अघि ३२ वर्षीय मिडफिल्डरले आफ्नै नेतृत्वमा बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाएकी थिइन् । उनी स्पेनकै मिडफिल्डर आइटाना बोनमाटाको समकक्षमा पुगेकी छिन् । बोनमाटाले सन् २०२३ देखि २०२५ सम्म लगातार उपाधि जितेकी हुन् । पाउटेलाले यस अघि सन् २०२० र २०२१मा यो अवार्ड जितेकी थिइन् । सन् २०२२ मा लिगामेन्टको समस्या पछि उनको खेल जीवन नै सङ्कटमा पर्ने हो की भन्ने आशङ्का पनि देखिएको थियो । स्पेन र वार्सिलोनाको प्रभाव पाउटेला मात्र होइन स्पेन र बार्सिलोनाका लागि विशेष बनेको अवार्ड समारोहमा १९ वर्षीय यामलले वर्षको युवा पुरुष खेलाडीको अवार्ड पाए । उनले लगातार तेस्रो वर्ष या अवार्ड पाएका हुन् । उनले बार्सिलोनालाई ला लिगा तथा स्पेनलाई विश्वकप दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बार्सिलोनाकी भिक्की लोपेज वर्षको युवा महिला खेलाडी घोषित भइन् । वर्षको उत्कृष्ट पुरुष क्लब पेरिस सेन्ट जर्मन तथा महिला क्लब वार्सिलोना घोषित भयो । स्पेनका लुइस डेला फुयन्टे पुरुष तर्फ तथा बार्सिलोनाका पेरे रोमेउ महिला तर्फको उत्कृष्ट प्रशिक्षक घोषित भए । एथलेटिक बिलबओ तथा स्पेनका युनाइ सिमोन वर्षका उत्कृष्ट पुरुष गोलरक्षक तथा बार्सिलोना र स्पेनकी काटा कोल महिलाको उत्कृष्ट खेलाडी बनिन् । सोक्रेटस अवार्ड इङ्गल्यान्ड र आर्सनलका बुकायोको साकाले पाए भने उत्कृष्ट स्ट्राइकरको पुरस्कार पुरुषमा केन र महिलामा मेक्सिकोका चार्लिन कोरालले पाए ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
• मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। • मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। • दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन्। ...

दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो गाडी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। उनीहरूको आफन्तले शव सनाखत गरेका प्रहरीले जनाएको छ। गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा तीन जना... ...

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते
काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती ...

बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। नक्सालस्थित... ...


