बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनालाई ४–२ गोलले पराजित गरेको छ । मंगलबार राति पेरिसस्थित पार्क दे प्रिन्सेसमा भएको खेलमा पिएसजीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । पिएसजीको जितमा डिजिरे डुए, लुकास हर्नान्डेज, भिटिन्हा र फाबियन रुइजले एक–एक गोल गरे। बार्सिलोनाका जाभी एस्पार्ट र लामिन यामालले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलको ३८औँ मिनेटमा डुएले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर ५५औँ मिनेटमा एस्पार्टले गोल गरेपछि बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ७२औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै पिएसजीलाई पुनः अग्रता दिलाए । ७९औँ मिनेटमा यामालले गोल गरेपछि बार्सिलोनाले फेरि २–२ को बराबरी गरेको थियो । तर बराबरी भएको दुई मिनेटपछि नै भिटिन्हाले गोल गर्दै पिएसजीलाई ३–२ को अग्रता दिलाए । खेलको ८६औँ मिनेटमा रुइजले अर्को गोल थपेपछि पिएसजीले ४–२ को जित पक्का गर्यो । यस जितसँगै पिएसजीले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ। नौ अंक जोडेको पिएसजी गोलअन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा पुगेको छ । यस सिजन सबै प्रतियोगितामा अपराजित रहेको बार्सिलोनाले भने पहिलो हार बेहोरेको छ । The post बार्सिलोनाको जितको सिलसिला रोकियो, पीएसजीसँग पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

सभापति थापाको दसैं शुभकामना : आफ्नो खुसी बाँड्न सकौं, एकअर्काको सहारा बन्न सकौं
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् भनी शुभकामना व्यक्त गरेका छन् । ...

मध्यस्थता प्रयासबीच इरानी राष्ट्रपतिले आसिम मुनीरसँग भने, ‘अमेरिकाले धम्की र प्रतिबन्धको नीति त्यागोस्’
तेहरान- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले दबाब, धम्की र प्रतिबन्धको नीति नत्यागेसम्म वार्ताबाट समाधान ननिस्किने बताएका छन्। मंगलबार इरानी राष्ट्रपति पेजेस्कियान र पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरबीच भएको भेटवार्तामा उनले यस्तो धारणा राखेका हुन्। इरान सरकारका अनुसार पेजेस्कियानले होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधसहित क्षेत्रीय तनाव बढ्नुमा अमेरिकाको युद्ध भड्काउने नीतिको भूमिका रहेको बताएका थिए। […] ...

बडादसैंले समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्न सकोस् : सभापति लामिछाने
रास्वपा सभापति रवि लामिछानेले नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना ग गरेका छन् । ...

ट्रम्पले भने– भारतसँगको व्यापार सम्झौता निकै नजिक
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाबीचको व्यापार सम्झौता अन्तिम रूप दिने चरणमा पुगेको बताएका छन् । मङ्गलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुवै देश सम्झौता गर्न इच्छुक रहेको बताए। भारत–अमेरिका व्यापार सम्झौतासम्बन्धी प्रश्नमा उनले भने, ‘भारत सम्झौता गर्न चाहन्छ । हामी पनि सम्झौता गर्नेछौँ । हामी सम्झौताको निकै नजिक छौँ ।’ ट्रम्पले दुई देशबीच हुने सम्झौता यसअघि ...


