Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बाढीले खोस्यो दसैंको खुसी

बाढीले खोस्यो दसैंको खुसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीले खोस्यो दसैंको खुसी

बर्दिया।बडादसैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैंको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैं उल्लासमय नभएर खल्लो बन्न पुग्यो। विगतका बर्षमा दसैंको दिन घरमा आफन्त जम्मा हुन्थे। अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो। तर, यस बर्ष दसैंको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दुःख निम्त्यायो। टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै दसैंको खुसी पनि खोसियो। गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस बर्षको दसैं विगतका वर्ष जस्तो रहेन। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ। दसैंमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो। “दसैंमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गर्थ्याै‌। यस बर्ष पनि दसैंमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो। तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो,” उनले भनिन्। डेढ महिनादेखि छोराको पर्खाइमा रहेकी भगिरथीलाई दसैं आए पनि मनमा खुसी छैन। घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उनको मनमा पीडा र पर्खाइ मात्रै छ। आफन्त फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दसैं भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ। राजापुर ९ तिनघरवाका सिर्जना थारुको पीडा पनि उस्तै छ। भोटेकोशी बाढीमा श्रीमान प्रदीप थारु बेपत्ता भएपछि उनको परिवारमा पनि दसैंको रौनक हराएको हो। हरेक वर्ष दसैंमा श्रीमानसँग टीका लगाएर आशीर्वाद साट्ने उनी यस बर्ष श्रीमानको अनुपस्थितिमा निकै निराशामा दसैं बित्ने भएको छ। “दसैंमा श्रीमान घर आउनु हुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो। बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन। श्रीमान कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन। यस्तो अवस्थामा कसरी खुसी भएर दसैं मनाउनु ?” उनले भनिन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए। त्यसैगरी राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए। उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन्। बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजकिरिया गर्न सकेका छैनन्। गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस बर्ष दसैंको खुसी छाउन सकेन। “बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन्। दसैंमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन्। यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र ?” उनले भने। भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन्। बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दसैंको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग जोडियो। अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन्। दसैंको टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो। उनीहरुका घरमा पनि चाडपर्व त आएको छ। तर पनि मनमा खुसी भने फर्किन सकेको छैन। उनीहरूका लागि यस वर्षको दसैं टीका र जमराको उत्सव भन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबीच बितेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
ताजा खबरJust now

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर। विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्। विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले... ...

रातोपाटी
पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान
ताजा खबरJust now

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन्। यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरिन्। पूर्वराष्ट्रपति भण्डारीले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका... ...

रातोपाटी
कुमारीको हातबाट टीका
ताजा खबरJust now

कुमारीको हातबाट टीका

भक्तपुर।विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्। विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए। त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए। यसरी नाइके, गुरु, पुरोहितलगायतले टीका ...

नेपालन्युज
कुमारीको हातबाट सर्वसाधारणले लगाए विजयादशमीको टीका
ताजा खबरJust now

कुमारीको हातबाट सर्वसाधारणले लगाए विजयादशमीको टीका

एकान्त कुमारी (लुनिभा बज्राचार्य) को हातबाट स्थानीय भक्तजन तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play