Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

10/21/2026, 3:26:33 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बडादशैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दशैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दशैंको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो । विगतका वर्षमा दसैँको दिन घरमा आफन्त जम्मा हुन्थे । अभिभावकको हातबाट टीका र जमरा लगाउने, आशीर्वाद लिने र परिवारसँगै रमाइलो गर्ने चलन थियो । तर, यस वर्ष दसैँको टीका लगाउन घर फर्किने आफन्तको खबर कुरिरहेका परिवारमा बाढीले एकाएक दुःख निम्त्यायो । टीका लगाउने प्रतीक्षामा रहेका उनीहरूका लागि बाढीको खबरसँगै दसैँको खुसी पनि खोसियो । गेरुवा–५ सुखारकी ४२ वर्षीया भगिरथी थारुका लागि यस बर्षको दसैँ विगतका वर्षजस्तो रहेन । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर छोरा जगत थारु बेपत्ता भएपछि उनको परिवार शोकमा छ । दसैँमा छोरासँगै टीका लगाउने र खुसी साट्ने आशा गरेकी भगिरथीको निधार यस वर्ष खाली नै रह्यो । ‘दसैँमा छोराछोरीसँगै बसेर टीका लगाउने, आशीर्वाद दिने र लिने गथ्र्यौं । यस बर्ष पनि दसैँमा छोरा आउला, टीका लगाउन पाइएला भन्ने आशा थियो । तर, बाढीमा छोरा बेपत्ता भएपछि हाम्रो त खुसी नै खोसियो,’ उनले भनिन् । डेढ महिनादेखि छोराको पर्खाइमा रहेकी भगिरथीलाई दसैँ आए पनि मनमा खुसी छैन । घरमा चाडपर्वको वातावरण बने पनि छोराको अत्तोपत्तो नहुँदा उनको मनमा पीडा र पर्खाइ मात्रै छ । आफन्त फर्किएर आउने आशा अझै मरेको छैन, तर यस वर्षको दसैँ भने छोरासँग टीका लगाउने रहर अधुरै राखेर बितेको छ । राजापुर ९ तिनघरवाका सिर्जना थारुको पीडा पनि उस्तै छ । भोटेकोशी बाढीमा श्रीमान प्रदीप थारु बेपत्ता भएपछि उहाँको परिवारमा पनि दसैँको रौनक हराएको हो । हरेक वर्ष दसैँमा श्रीमानसँग टीका लगाएर आशीर्वाद साट्ने उहाँ यस बर्ष श्रीमान्को अनुपस्थितिमा निकै निराशामा दसैँ बित्ने भएको छ । ‘दसैँमा श्रीमान् घर आउनुहुन्छ, टीका लगाउँछौँ भन्ने आशा थियो । बाढीमा बेपत्ता भएपछि त्यो खुसी पनि रहेन । श्रीमान कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने थाहा छैन । यस्तो अवस्थामा कसरी खुसी भएर दसैँ मनाउनु ?’ उनले भनिन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परेर गेरुवा गाउँपालिका–५ सुखारका जगत थारु, मनोज थारु, सुरेन्द्र थारु र सर्वेस थारु गरी चार जना बेपत्ता भएका थिए । त्यसैगरी राजापुर–९ तिनघरवाका सुरेश थारु, अमिस थारु, सिसन थारु, प्रदीप थारु र राजु थारु गरी पाँच जना बेपत्ता भएका थिए । उनीहरूका परिवार डेढ महिनादेखि आफन्त फर्किने आशामा छन् । बेपत्ताको अवस्था पत्ता नलागेकाले परिवारले अन्तिम संस्कार तथा काजक्रिया गर्न सकेका छैनन् । गेरुवा गाउँपालिका–५ का वडाध्यक्ष तथा प्रवक्ता धर्मप्रकाश चौधरीका अनुसार भोटेकोशी बाढीका कारण गाउँपालिकाका १४ परिवारमा यस बर्ष दसैँको खुसी छाउन सकेन । “बाढीमा आफन्त बेपत्ता भएपछि परिवार शोकमा छन् । दसैँमा टीका लगाएर खुसी साट्ने समयमा उनीहरू आफन्तको पर्खाइमा छन् । यस्तो अवस्थामा कसरी खुसी भएर चाडपर्व मनाउन सकून् र ?” उनले भनिन् । भोटेकोशी बाढीमा परी बर्दियाका ७६ जना बेपत्ता भएका छन् । बेपत्ता आफन्तको अवस्था अज्ञात रहँदा ती परिवारका लागि दसैँको टीका केवल परम्परा र उत्सवको विषय मात्र बनेन, आफन्तसँगको विछोड र पुनर्मिलनको आशासँग जोडियो । अरूका घरमा परिवारका सदस्यले एकअर्कालाई टीका लगाइदिँदै आशीर्वाद साटिरहेका बेला पीडित परिवार भने बेपत्ता आफन्त फर्किने आशामा दिन गन्दै छन् । दसैँको टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको रहर यस वर्ष बाढीले अधुरै बनायो । उनीहरुका घरमा पनि चाडपर्व त आएको छ । तर पनि मनमा खुसी भने फर्किन सकेको छैन । उनीहरूका लागि यस वर्षको दसैँ टीका र जमराको उत्सव भन्दा पनि बेपत्ता आफन्तको सम्झना, फर्किने आशा र पीडाबीच बितेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जेडी भान्सलाई राष्ट्रपतिमा ट्रम्पले समर्थन गर्लान् ? यस्तो छ जवाफ
OthersJust now

जेडी भान्सलाई राष्ट्रपतिमा ट्रम्पले समर्थन गर्लान् ? यस्तो छ जवाफ

४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीको चर्चा गर्न अहिले नै धेरै छिटो हुने बताएका छन्। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले यो कुरा बताएका हुन्। ट्रम्पसँग उपराष्ट्रपतिको उम्मेदवारीमा समर्थन गर्ने वा नगर्नेबारे जिज्ञासा राखिएको थियो। त्यो समयमा उपराष्ट्रपति जेडी भान्स उनको पछाडि नै उभिएका थिए। ट्रम्पले भान्सको प्रशंसा गर्दै… ...

अनलाइन खबर
पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र
OthersJust now

पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र

४ कात्तिक, काठमाडौं । पाकिस्तान र इरानबिचका प्रमुख सीमा चौकीहरूबाट हुने व्यापार लगातार चौथो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। यसअघि गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका यी सीमाहरू बन्द हुँदा बलूचिस्तानको बाटो भएर हुने दुई छिमेकी देशबीचको व्यापारिक गतिविधि ठप्प भएको छ भने सीमाका दुवैतर्फ सामानले भरिएका सयौँ कन्टेनरहरू अलपत्र परेका… ...

अनलाइन खबर
नेवार समुदायले मनाए मोहनी नखः
OthersJust now

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो वालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका ...

पर्दाफास
कञ्चनपुरको दोधारा चाँदनीमा लागुऔषधसहित एक जना युवक पक्राउ
OthersJust now

कञ्चनपुरको दोधारा चाँदनीमा लागुऔषधसहित एक जना युवक पक्राउ

४ कञ्चनपुर, कात्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिए को पाँच जनाको चेकपोइन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका युवकलाई लागुऔषधसहित नियन्ञणमा लिएको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play