Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेवार समुदायले मनाए मोहनी नखः

नेवार समुदायले मनाए मोहनी नखः

10/21/2026, 4:43:54 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो वालेर त्यसको माथिवाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका हुन्छन् । विजयादशमीको दिन बल र विजयीको प्रतिकको रूपमा रातो अक्षता, जमरा, र निधारको बीचमा मोहनी सिःनं अर्थात कालो टीका लगाएर दसैँ मोहिनी नखः मनाएको भक्तपुरका संस्कृतकर्मी प्रकाश कायस्थले जानकारी दिए । असत्य माथि सत्यको विजय उत्सव अर्थात आजको दिन त्रिपुरा सुन्दरी भगवती प्रकट भई महिषासुर देत्यलाई मोहनी लगाई लठ्याएर बध गरेको दिनको रूपमा लिने गरेको उनले जानकारी दिए । मोहनी सिःनं लाई तान्त्रिक शक्ति, मोहनी शक्तिको रूपमा लिने परम्परा रहेको आज बिहान टीकाको शुभाइतमा घरघरमा कालो टीका अर्थात मोहनी सिः नं लगाए पछि घरघरबाट ब्रम्हायणी मन्दिरमा पुजा लिएर दर्शन गर्न जाने परम्पराअनुसार आज दिनभर र रातिसम्म भक्तपुरको व्रम्हायणी मन्दिरमा भव्य मेला लागेको छ । ब्रम्हायणी मन्दिरमा हजारौ दर्शनार्थीले आज बाजागाजा सहित शक्ति पिठको रूपमा रहेको व्रम्हायणी देवीको रूपमा पूजा एवं दर्शन गर्ने जानकारी दिँदै उनले कालो टीकालाई धार्मिक, संस्कृति र तान्त्रिक शक्तिको रूपमा नेवार समुदायले ग्रहण गर्ने गरेको संस्कृतिविद कायस्थले जानकारी दिए । आज मध्यराति तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि मात्रै मोहनी नखः सम्पन्न हुने उनले जानकारी दिए । राति ब्रम्हायणीबाट नवदुर्गा देवगण तलेजु आएर नवदुर्गाको दिदी तलेजुलाई ढोग गरी मन्त्र सिद्ध गरेपछि नवदुर्गा र खड्ग जात्रा गरी तलेजुलाई बोकेर भव्य जात्रा गरी तलेजुको बाहन सेतो घोडालाई पछि लगाउँदै नगरपालिका परिक्रमा गरेपछि मोहनी नखः सम्पन्न हुने उनले बताए । मोहनी नखः कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य भने छैन । दसैँंमा अवसरमा खड्गयात्रा (पायाः)को चलन भएकाले यसको थिति नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि सुरु भएको मान्यता रहँदै आएको छ । मोहनीको मुख्य विशेषता भनेकै मोहनी सिन्हः हो । मोहनीका बेला नेवार निम्तो आएको ठाउँमा ‘नखत्या’ (छोरीचेलीलाई बोलाउने) जाने चलन छ । राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट नेपालमा तलेजु भवानीलाई लिएर आएदेखि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ पनि रहदै आएको छ । त्यसो त बौद्ध धर्मावलम्बीले पनि मोहनी नखः फरक महत्वका साथ मनाउने गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

जेडी भान्सलाई राष्ट्रपतिमा ट्रम्पले समर्थन गर्लान् ? यस्तो छ जवाफ
OthersJust now

जेडी भान्सलाई राष्ट्रपतिमा ट्रम्पले समर्थन गर्लान् ? यस्तो छ जवाफ

४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदका लागि आफ्नो उत्तराधिकारीको चर्चा गर्न अहिले नै धेरै छिटो हुने बताएका छन्। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले यो कुरा बताएका हुन्। ट्रम्पसँग उपराष्ट्रपतिको उम्मेदवारीमा समर्थन गर्ने वा नगर्नेबारे जिज्ञासा राखिएको थियो। त्यो समयमा उपराष्ट्रपति जेडी भान्स उनको पछाडि नै उभिएका थिए। ट्रम्पले भान्सको प्रशंसा गर्दै… ...

अनलाइन खबर
पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र
OthersJust now

पाकिस्तान-इरान सीमा व्यापार चौथो दिन पनि बन्द: सयौं कन्टेनर अलपत्र

४ कात्तिक, काठमाडौं । पाकिस्तान र इरानबिचका प्रमुख सीमा चौकीहरूबाट हुने व्यापार लगातार चौथो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। यसअघि गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका यी सीमाहरू बन्द हुँदा बलूचिस्तानको बाटो भएर हुने दुई छिमेकी देशबीचको व्यापारिक गतिविधि ठप्प भएको छ भने सीमाका दुवैतर्फ सामानले भरिएका सयौँ कन्टेनरहरू अलपत्र परेका… ...

अनलाइन खबर
कञ्चनपुरको दोधारा चाँदनीमा लागुऔषधसहित एक जना युवक पक्राउ
OthersJust now

कञ्चनपुरको दोधारा चाँदनीमा लागुऔषधसहित एक जना युवक पक्राउ

४ कञ्चनपुर, कात्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिए को पाँच जनाको चेकपोइन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका युवकलाई लागुऔषधसहित नियन्ञणमा लिएको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play