बाँकेमा महँगो कालानमक धानको खेती बढ्दै

बाँके। सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ। परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन्। जिल्लाको जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाएकी छन्। उनले सो धान महँगो मूल्यमा बिक्री हुने भएकाले यस धानप्रतिको आर्कषण बढ्दै गएको जानकारी दिँदै अधिकांश किसानले सो धान लगाउन थालेको बताइन्। “अर्को कुनै हाइब्रिड जातको धान प्रतिक्विन्टल तीन हजारदेखि तीन हजार २०० रुपैंयाँ मूल्यमा बिक्री हुन्छ तर कालानमक जातको धान १२ हजार रुपैंयाँ क्विन्टलमा बिक्री हुन्छ”, किसान गुप्ताले भनिन्। किसानलाई धान स्याहार गर्न पनि सहज जातको धान कालानमक भएको जानकारी दिँदै किसानले अन्य धानको तुलनामा यसबाट बढी प्रतिफल पाएको उनले बताइन्। सो धानको चामलबाट बनाइएको भात मुलायम र सुगन्धित हुने जानकारी दिँदै किसान गुप्ताले यस वर्ष २० किलो कालनमक जातको धानबाट करिब १५ क्विन्टल धान उत्पादन गर्ने लक्ष्य भएको बताइन्। उनले भनिन्, “अन्य हाइब्रिड जातका धानभन्दा यसको उत्पादन केही घट्छ तर यो महँगो मूल्यमा बिक्री हुन्छ ।” कालानमक धानको बजार स्थानीय बजार नै रहेको र यसको माग पनि बढ्दै गएको उल्लेख गर्दै किसान गुप्ताले कालानमक धानको व्यावसायिक खेती गर्न थालिएको जानकारी दिइन्। उनले परीक्षणका लागि सुरुमा एक किलो कालानमक धानखेतीबाट सो धानको उत्पादन सुरु गरिएको जानकारी दिँदै चार बर्षअघिदेखि यसको उत्पादन गरिरहेको बताइन्। बाँकेको जानकी गाउँपालिका–५, गुर्वा गाउँका किसान रमेशकुमार बर्माले पनि व्यावसायिक रुपमा कालानमक धानको खेती गरेका छन्। उनका अनुसार तीन बिघा जमिनमा सो धानको खेती भएको छ। खादा मिठो हुने भएकाले यो धान हाइब्रिड धानको तुलनामा महँगो पर्ने किसान बर्माको भनाइ छ। यस धानको लागि पर्याप्त सिँचाइ र पानी उपलब्ध हुनुपर्छ। यो धान असारमा रोपेपछि कात्तिकको अन्तिम साता मात्रै काट्न तयार हुन्छ। मसिनो र बास्नादार मानिने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको किसानको भनाइ छ। यो धान करिब १४० दिनमा तयार हुने बताइएको छ। कृषि ज्ञान केन्द्र, नेपालगन्जका प्रमुख डा. विनोद घिमिरेले रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत यसको संरक्षणमा जोड दिइएको उल्लेख गर्दै किसानले मूल्य पाउने भएकाले पनि यसको खेती भइरहेको बताए। उनले केही सीमित किसानले कालानमक धानको खेती गरेकाले बीउमा सहयोग गरिएको जानकारी दिँदै बजार क्षेत्रमा यसको माग बढ्दै गएको बताए। बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिपालिकामा सबैभन्दा बढी कालानमक धानको खेती हुँदै आएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

श्रम संस्कृति पार्टीको आक्रामक अभियान
विराटनगर । २०८२ फागुन २१ गतेको निर्वाचनबाट देशभरमा पाँचौं र कोशी प्रदेशमा दोस्रो ठूलो दलको रुपमा उदाएको श्रम संस्कृति पार्टी (श्रसपा)ले स्थानीय तह निर्वाचन लक्षित अभियानलाई तीब्र बनाएको छ । फागुन २१... ...

एनपीएलमा कर्णालीको लगातार दोस्रो जित, विराटनगरको दोस्रो हार, सोमपालको अलराउन्ड प्रदर्शन
लिगको बिहीबार राति सम्पन्न छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो । ...

सोमपाल कामीको अलराउन्ड प्रर्दशनमा कर्णालीको लगातार दोस्रो जित दर्ता
कप्तान सोमपाल कामीको अलराउण्ड प्रर्दशनमा विराटनगर किंग्सलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो। विराटनगरले दिएको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले . .बल अगावै भेट्टायो। कर्णालीले पहिलो खेलम... ...

कम्पनीले पुस मसान्तसम्म विवरण बुझाए पुरानो कर, ब्याज र जरिबाना मिनाहा हुने
काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहाको सुविधा पाउने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ । यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्याइएको हो । सम्बन्धित कानूनले तोकेको म्यादभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना ...


