Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

11/1/2026, 11:46:53 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी हुँदा ८ जना घाइते

बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। आज बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ। आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्। उनीहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। घाइतेमध्ये बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार र २२ वर्षीय रामदिन हरिजनको अवस्था मध्यम रहेको छ। त्यस्तै, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव घाइते भएका छन्। यस्तै, भारतको बहराइच जिल्लाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद पनि आगलागीमा परी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाका दुईवटा र कोहलपुर नगरपालिकाको एउटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। बिहान ८:४५ बजे घाइते शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको अन्य भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

के यो भयको शासनको संकेत हो ?
OthersJust now

के यो भयको शासनको संकेत हो ?

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले निराशा बढ्न नदिन विधिको शासनतिर जोड दिउन् । विधिको शासनलाई भयको शासनले विस्थापित गर्ने जोखिम आउनबाट रोक्ने पहल गरुन् । ...

अनलाइन खबर
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
OthersJust now

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

भोलि सोमबारदेखि देशभरका सरकारी कार्यालयमा जाडोयामको समयतालिका लागू हुने भएको छ। कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ बजे खुल्ने र अपराह्न ४ बजे बन्द हुनेछन्। नेपाल राजपत्रमा यसअघि प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायमा जाडोयामको कार्यालय समय लागू हुनेछ। नयाँ समयतालिका अनुसार यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै ...

पर्दाफास
एमटीभी रोडिजमा दुई नेपाली ट्रान्सजेन्डर
OthersJust now

एमटीभी रोडिजमा दुई नेपाली ट्रान्सजेन्डर

काठमाडौं । ‘म गर्वका साथ ट्रान्सजेन्डर महिला हुँ । मेरा दुई छोरी छन् ।’ भारतको चर्चित रियालिटी शो ‘एमटीभी रोडिज रिबर्थ’को अडिसनमा २३ वर्षीया नेपाली सरोसी न्यौपानेले आफ्नो परिचय दिँदा निर्णायकहरू उनको जीवनबारे थप जान्न उत्सुक भए । ‘तिमीसँग दुई छोरी छन् ?’ प्रस्तोता रणविजय सिंहाले सोधे । ‘हजुर, धर्मसन्तानका रूपमा अपनाएका,’ सरोसीले जवाफ दिइन्… ...

अनलाइन खबर
नेपाल आइपुगे ७ देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया जाने
OthersJust now

नेपाल आइपुगे ७ देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दिया जाने

नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्‍याउने यो पहलले डिजिटल पर्यटन प्रवर्द्धनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play