बहुमत नपाएपछि धाँधली भएको नेतन्याहुको आरोप

काठमाडौं । इजरायलमा भएको निर्वाचनको ९७ प्रतिशत मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको लिकुड पार्टी नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्न सकेको छैन । त्यसपछि नेतन्याहुले अरब पार्टीहरूमाथि चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । नेतन्याहुले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा आतंकवादलाई समर्थन गर्ने र यहुदी राज्य समाप्त पार्न चाहने अरब पार्टीहरूले मत ‘चोरेको’ आरोप लगाएका हुन् । उनले घुसखोरी, धम्की, हिंसा, जालसाजी र मतदाता परिचालन गर्न प्रतिबन्धित सफ्टवेयर प्रयोग गरिएको दाबी गरेका छन् । लिकुड पार्टीले चुनावमा धाँधली भएको भन्दै सयौँ उजुरी र प्रमाण प्रहरी, आन्तरिक सुरक्षा निकाय शिन बेट तथा केन्द्रीय निर्वाचन समितिमा बुझाइरहेको नेतन्याहुले बताएका छन् । केही अरब मतदान केन्द्रमा मतपत्र र नगदसहितका हजारौँ खाम फेला परेको, मतदान केन्द्रका कर्मचारीलाई धम्की तथा हिंसा गरिएको, दोहोरो पहिचानमा मतदान भएको र मतदाताको सङ्ख्या तथा मतपत्रका खामको सङ्ख्यामा फरक देखिएको लगायतका घटना भएको उनको दाबी छ । नेतन्याहुले यी आरोपको गहिरो अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । मतगणनाको ९७ प्रतिशत परिणामअनुसार नेतन्याहु नेतृत्वको गठबन्धनले ५३ सिट, उनका प्रतिद्वन्द्वी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट र अरब पार्टीहरूको गठबन्धनले १९ सिट प्राप्त गरेका छन् । इजरायली संसद्मा सरकार गठनका लागि १२० मध्ये कम्तीमा ६१ सिट आवश्यक पर्छ । हालको परिणामअनुसार कुनै पनि प्रमुख गठबन्धनले एक्लै बहुमत हासिल गर्न सकेको छैन ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

संसदीय उपसमितिमाथि हस्तक्षेप गरेर सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैन: खुश्बु ओली
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरिक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन्। सार्वजानिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएकी हुन्। अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र स... ...

लेक लागेका पदयात्रीको उद्धार
गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेर बिरामी परेकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ। पदयात्राका क्रममा आज... ...

यस्तो छ कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिँदा गरेको प्रतिज्ञा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहीबार आयोजित समारोहमा थापाले उनीहरूलाई... ...

कोप–३१ मा जलवायु न्याय र हिमाली मुद्दा उठाउने नेपालको तयारी
काठमाडौं।नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउने भएको छ। राष्ट्रिय जलवायु शिखर सम्मेलन–२०२६ लाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको पारिस्थितिक प्रणाली जोखिममा पर्दै गएको भन्दै अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। उनले हिमालको संरक्षणलाई साझा विश्वव्यापी जिम्मेवारीका रूपमा लिनुपर्ने उल्लेख गर्दै हिमाली ...


